संविधान दिवसको अवसरमा कामना सेवाको सरसफाई अभियान

  २०७६ असोज ३ गते १२:१०     विकासन्युज


काठमाडौँ । कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा आफ्नो केन्द्रीय कार्यालय सहित देशभर रहेका ९९वटै शाखा कार्यालय मार्फत कामना सेवा सरसफाई अभियान,२०७६ आयोजना गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्र्तगत गरिएको अभियानले सरसफाई र स्वच्छ वातावरणको महत्व र अपरिहार्यता बारे जनचेतना ल्याउने बैंकले विश्वास लिएको छ ।

संविधान दिवस २०७६ को अवसरमा बैंकद्धारा ओडी कार्ड सेवाको शुभारम्भ गर्नुका साथै सम्पूर्ण कर्मचारीबीच संविधान दिवस विशेष रंगोली प्रतियोगिता समेत आयोजना गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.