भाटभटेनीले प्रहरी प्रभाव कोटेश्वरलाई उपलब्ध गरायो सीसी क्यामरा

  २०७६ असोज ३ गते ११:०४     विकासन्युज


काठमाडौँ । भाटभटेनी सुपर मार्केटले काठमाडौँ प्रहरी परिसरलाई अत्याधुनिक पीटीजेड र फोरके क्यामरा उपलब्ध गराएको छ । भाटभटेनी सुपरमार्केटका निर्देशक कल्याण गुरुङले ती क्यामरा हस्तान्तरण गरेका हुन् ।

भाटभटेनीले उपलब्ध गराएको क्यामरा मध्ये नौ लाख बराबरको ९ वटा क्यामरा प्रहरी प्रभाग कोटेश्वरलाई उपलब्ध गराइएको छ । ती क्यामरा बिगटेक अफिस सिस्टमले प्रहरीसँगको समन्वयमा जडान गरेको छ ।

बिगटेक अफिस सिस्टमका चेयरम्यान हरिराम रिमालका अनुसार कोटेश्वरदेखि पेप्सीकोटातर्फ काठमाडौँ महानगर ३२ नम्बर वडा कार्यालयसम्म, काटेश्वरदेखि तीनकुने चोकसम्म र कोटेश्वर देखि बालकुमारी पुलसम्म अत्याधुनिक सीसी क्यामरा जडान गरिएको छ ।

सीसी क्यामरा जडानपछि सवारी दुर्घटना न्यूनीकरण र घटनाको अनुसन्धानमा प्रहरीलाई सहज हुने काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.