सिटिजन लाइफले ७५ करोडको आईपीओ ल्याउने

  २०७६ असोज ३ गते ८:२१     विकासन्युज

काठमाडौं । नयाँ बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी चुक्तापुँजी भएको सिटिजन लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने भएको छ । सो प्रयोजनका लागि सिटिजनले वार्षिक साधारणसभा समेत बोलाएको छ ।

सिटिजनले असोज २९ गते ललितपुरको होटेल हिमालयनमा दिउँसो ३ बजे बस्नेगरी उक्त साधारणसभा बोलाएको हो । साधारणसभामा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७४/७५ को लागि लेखापरीक्षक नियुक्त गर्नुका साथै एकजना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा समेत छ ।

हाल १ अर्ब ७५ करोड चुक्तापुँजी भएको सिटिजनले अब ७५ करोड रुपैंया बराबरका ७५ लाख कित्ता साधारण शेयर जारी गरेर चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैंया पुर्याउनेछ । सिटिजन लाइफले अघिल्लो आवको अन्त्यसम्म १ लाख बीमितबाट १ अर्ब १६ करोड रुपैंया कुल बीमाशुल्क संकलन गरेको छ ।

हाल सिटिजनले देशभरका ८० स्थानहरुमा रहेका शाखाहरुमार्फत् आफ्नो सेवा प्रदान गर्दै आएको छ । हाल सिटिजनले विभिन्न ९ ओटा योजनाहरुमार्फत् आफ्ना बीमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ जसमा २० ओटा घातक रोगहरुको बीमाको व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.