कामना सेवा विकास बैंकको ओडी कार्ड सेवा शुरु

  २०७६ असोज २ गते १८:३९     विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा ओडी कार्ड सुविधा समेत प्रदान गर्ने गरी असोज २ गते देखि सेवा शुरु गरेको छ ।

बैंकका संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

प्रमुख कार्यकारी अधिकृत बस्नेतले ओडी कार्डको महत्व र यसबाट ग्राहकहरुले प्राप्त गर्न सक्ने सुविधा र फाइदाका बारेमा प्रकाश पार्दै अब बैंकका ग्राहकहरुले उक्त ओडी कार्ड प्रयोग गरी उपलब्ध सीमासम्मको रकम झिक्न सक्नुका साथै सामान खरिद गर्दा पनि कार्ड प्रयोग गर्न सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.