जनता बैंकद्वारा फलेनी माविका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण

  २०७६ असोज २ गते १२:३४     विकासन्युज

काठमाडौं । जनता बैंकले लमजुङको दोर्दी गाउँपालिका हिले बजार स्थित फलेनी मा.वि. का विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ । उक्त विद्यालयमा गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र बैंकको दार्दी शाखाका शाखा प्रबन्धक हिराकुमार मोक्तानले विद्यार्थीहरुलाई ब्याग वितरण गरेका हुन् ।

४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यालयमा अयोजित एक कार्यक्रमका बिच लमजुङ जिल्लाको विकट भौगोलिक अवस्थितिमा रहेको यस विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा ७ सम्मका २०६ जना विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरिएको हो ।

जनता बैंकले हाल देशैभरि कूल १४२ शाखा, ११० एटिएम, ५० शाखा रहित बैंकिङ्ग सेवा, ३ एक्स्टेन्सन काउण्टर र २ सिमत बैंकिङ इकाईबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.