आर.टि.जी.एस प्रणालीबाट काराेबार गर्दा रू. १०, २० र १०० शुल्क लाग्छ-सन्ताेष काेइराला

  २०७६ असोज १ गते २१:१४     विकासन्युज

बैकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधि र प्रयाेगकाे विकास र अभ्यास हुँदै आएकाे छ । यहि क्रममा नेपाल राष्ट्र बैंकले गत आईतबारदेखि रियल टाइम ग्रस पेमेन्ट सेटलमेन्ट (आरटीजीएस) प्रणाली लागू गरेकाे छ । शुभारम्भमा माछापुच्छ्रे बैंकको खाताबाट नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा बिनाचेक २० करोड रुपैयाँ भुक्तानी गरिएकाे थियाे । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले पहिलो पटक २० करोडको ट्रेजरी डिल सिलिप एकअर्कामा साटासाट गरेर उक्त आरटीजीएस प्राणलीको प्रत्यक्ष उदाहरण दिएका थिए । 

आरटीजीएस प्रणाली लागू भएपछि २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा चेक नचाहिने भएको छ । राष्ट्र बैंकले तत्काललाई २ लाख रुपैयाँ भन्दा माथि २० लाखसम्मको भुक्तानी स्वेच्छाले र २० लाख भन्दा माथि अनिवार्य आरटीजीएस प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो । तर आरटीजीएस प्रणाली  भनेकाे के हाे ? धेरैलाइ जानकारी छैन । आरटीजीएस प्रणाली के हाे ? कसरी काम हुन्छ र सेवा शुल्क कति लाग्छ ? प्रस्तुत छ माछापुच्छ्रे बैंकका उप प्रमुख कार्यकारी अधिकृत सन्ताेष काेइरालासँग गरिएकाे कुराकानी । 


आर.टि.जी.एस प्रणाली भनेको के हो?
आर.टि.जी.एस प्रणाली एउटा कोष स्थानान्तरण विधि हो जसमा पैसा वास्तविक समय र ‘ग्रोस’ आधारमा आर. टि. जी. एस आवद्ध एक बैंकबाट आर. टि. जी. एस आवद्ध अर्को बैंकमा हस्तान्तरण हुन्छ । यो बैंकिंङ्ग च्यानल मार्फत पैसा ट्रान्सफर गर्ने सबै भन्दा द्रुत गतिको माध्यम हो। “वास्तविक समयमा’’ भनाले भुक्तानी कारोवारको कुनै प्रतीक्षा अवधि हुँदैन । कारोवार प्रक्रिया शुरु हुने बित्तिकै खातामा पर्याप्त मौजदात भए तत्कालै प्रशोधन गरिनेछ र केही मिनेटमै कारोबार सम्पन्न हुन्छ । ”ग्रोस भुक्तानी” भनेको कुनै पनि अन्य कारोबारको पर्खाइ बिनानै एकल आधारमा भुक्तानी फर्छौट हुने विधि हो । नेपाल राष्ट्र बैंकमा पैसा ट्रान्सर भई सकेपछि भुक्तानी अन्तिम र अपरिवर्तनीय मानिनेछ ।

आर.टि.जी.एस प्रणालीको उद्देश्य के हो ?
आर.टि.जी.एस प्रणाली विशेष गरि ठूलो रकम अथवा अति आवश्यक कारोवारको तत्काल भुक्तानी प्रयोजनको लागि प्रयोग हुनेछ तर केहि देशमा आर.टि.जी.एस प्रणाली एक मात्रमा विकल्प हुने हुनाले सानो रकमको भुक्तानी यो प्रणालीमार्फत गर्न सकिने व्यवस्था गरिएको हुन्छ ।

के आर.टि.जी.एस कारोवरको न्युनतम तथा अधिकतम सीमा निर्धारण गरिएको छ ?
आर.टि.जी.एस प्रणाली विशेष गरि ठूलो रकम कारोबारको लागि हो । आर.टि.जी.एसबाट आकस्मिक भुक्तानी गर्नुपर्ने अवस्थामा कम्तीमा दुई लाख रुपैयाँसम्मको भुक्तानी यो प्रणालीमार्फत गर्न सकिने व्यवस्था गरिएको छ भने २०लाख रुपैयाँ वा सो बराबर (भारु/डलर /युरो/जापनिज यान/ब्रिटिस पाउन्ड) रुपैयाँ भन्दा बढीको कारोबारको लागि मात्र यो सुविधा उपलब्ध हुनेछ ।

आर.टि.जी.एस प्रणालीमा एउटा खाताबाट अर्काे खातामा रकमन्तर हुन कति समय लाग्छ ?
सामान्य अवस्थामा, प्रेषकले बैंकले रकम स्थानान्तर गर्ने बित्तिकै वास्तविक समयमा रकम प्राप्त हुने व्यवस्था मिलाईएको हुन्छ । हिताधिकारी बैंकले रकम स्तान्तरणकाे सन्देश प्राप्त भएको ३० मिनेट भित्र लाभग्राहीको खातामा रकम जम्मा गर्नुपर्नेछ ।

आर.टि.जी.एस प्रणाली अन्तरगत रकम फिर्ताको के कस्तो व्यवस्था मिलाईएको छ ?
हिताधिकारी बैंकले रकम स्तान्तरणको सन्देश प्राप्त भएको ३० मिनेट भित्र लाभग्राहीको खातामा रकम जम्मा गर्नुपर्नेछ । यदि कुनै कारणवश मुद्रा जम्मा गरिएको छैन भने, हिताधिकारी बैंकले उक्त रकम २४ घण्टा भित्र फिर्ता गर्नुपर्नेछ। प्रेषकले बैंकले फिर्ता रकम प्राप्त हुनासाथ तत्काल ग्राहकको खातामा जम्मा गर्नुपर्नेछ ।

आर.टि.जी.एस सेवाको समय अविध र शुल्कको के कस्तो व्यवस्था छ ।
नेपाल राष्ट्र बैंकले आर.टि.जी.एस सेवाको लागि समय अनुसार सेवा शुल्क तोकेको छ । त्यसमा विहान १० देखि १ : ३० बजेसम्म १० रुपैयाँ, १ : ३१ देखि २ : ३० बजेसम्म २० रुपैयाँ र २ : ३१ देखि २ः  ५९ बजेसम्म १०० रुपैयाँ शुल्क तोकिएको छ । मध्यन्न ३ बजेपछि र विहान १० बजेअघि यो सेवा बन्द उपलब्ध छैन ।

आर.टि.जी.एस प्रणालीले भुक्तानी प्रणालीमा के कस्तो फाइदा पुर्याउँदछ ।
कारोवरको दृष्टिकोणबाट, आर.टी.जी.एस तत्काल र सुरक्षित हुन्छ। सबैभन्दा ठूलो फाइदा भनेको आर.टी.जी.एसले प्रणालीगत जोखिमलाई हटाउँछ जुन अहिले नेट एन्ड अफ(डे आधारमा प्रचालित एसीएचबाट ठूलो रकमको कारोवर गर्दा उत्पन्न हुन सक्छ । नेट एन्ड अफ(डे प्रणालीमा, यदि कुनै एक बैंक भुक्तान गर्न असफल भयो भने, अरूहरू पनि विफल हुन सक्छन् । देशको बैंकिङ्ग प्रणाली क्र्यास हुन सक्छ । नेपाल राष्ट्र बैंकले हिताधिकारी बैंकलाई रकमन्तर गर्नु अगावै आर.टी.जी.एस कारोवरहरु फस्य्रोट गरेर यसलाई रोक्दछ ।

आर.टी.जी.एस प्रणालीमा तरलताको व्यवस्थापन कसरी हुन्छ
हरेक बैंक तथा वित्तीय संस्था स्वमंले नेपाल राष्ट्र बैंकले र्निधारण गरेको आर.टि.जी.एस सत्रमा आफनो तरलता व्यवस्थापन गर्नुपर्ने दायत्वि हुन्छ । बैंकहरूले वास्तविक समयमा आफ्नो आर.टी.जी.एस मौज्दात र भुक्तानी(डेविट वा क्रेडिट) सुचीको अनुगमन गर्न सक्छन्।
नेपाल राष्ट्र बैंकले आर.टी.जी.एस कारोवारहरु व्यवस्थित गर्न बैंकहरूको क्षमता हेरि इन्ट्रा(डे लेण्डिङ सुविधा प्रदानगर्दछ।
केन्द्रीय बैंकसँग अनलाइन स्क्रिन र रिपोर्टहरूमा पहुँच हुन्छ जसको मद्दतले उनीहरूले सहभागी बैंकहरूको इन्ट्रा(डे स्थितिहरू अनुगमन गर्दछन र यदि कुनै सहभागी कारण लाइन तथा ग्रिड लक उत्पत्र हुदैछ भने उक्त सहभागी बैंकलाई सचेत गराउँछ र तरलता व्यवस्थापनको लागि आवशयक सल्लाह प्रदान गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.