ग्लोबल आइएमईको कार्डबाट जुनसुकै पीओएस मेशिनमार्फत पुनः कारोबार सुचारु

  २०७६ असोज १ गते १९:१२     विकासन्युज


काठमाडौँ । ग्लोबल आइएमई बैंकको कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल(पीओएस) मेशिनबाट कारोबार गर्न मिल्ने सेवा पुनः सुचारु भएको छ ।

यससँगै डेबिट,क्रेडिट तथा प्रिपेड कार्डवाहकले चिपमा आधारित सम्पूर्ण प्वाइन्ट अफ सेल(पीओएस) मेशिनहरुबाट कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

बैंकको एटीएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न सकिने सेवा भने यथावत रहेको छ । बैंकको कार्ड सम्बन्धी अन्य सेवाहरु यथाशीघ्र सुचारु गराउन बैंक प्रतिबद्ध रहेको जनाएको छ ।

बैंकका १४८ वटा एटीएम र १२० प्वाइन्ट अफ सेल(पीओएस) मेशिनहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.