एभरेष्ट इन्स्योरेन्सको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

  २०७६ असोज १ गते १७:०७     विकासन्युज

काठमाडौ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए ।

एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतले भने-‘यस वर्ष हामीले नदिएको होइनौ हामीसँग नै नभएको अवस्था भएर लगानीकर्ताले केही नपाउनु भएको हो ।’ तर आगामी दिनमा भने लगानीकर्ताहरूकै पक्षमा काम गर्ने कम्पनीले प्रतिवद्धता जनाएको छ ।

सभाले कम्पनीले लगानीका क्षेत्र थप गर्ने प्रस्ताव तथा उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनी संग गाभ्ने/गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने समेत निर्णय गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.