टेलिकमद्वारा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक

  २०७६ असोज १ गते १६:२५     विकासन्युज


काठमाडौँ । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ ।

यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो ।

यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध रहने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.