पीडिततर्फ विभागको ध्यान, ठगी गर्ने म्यानपावर व्यवसायीबाट साढे १९ लाख जरिवाना

  २०७६ असोज १ गते १५:४५     विकासन्युज

काठमाडौं । भदौ महिनामा मात्रै वैदेशिक रोजगार पीडितलाई विभागले २ करोड १४ लाख नगद क्षतिपूर्ति भराएरको छ । पछिल्लो समय वैदेशिक रोजगारी पीडितका विषयमा गम्भिर भई यस क्षेत्रका मुद्धा मामिलामा केन्द्रित भई विभागले पीडितको समस्याले समाधान गरिरहेको हो ।
भदौ महिना भरिमा जम्मा २ सय ९५ पीडितलाई क्षतिपूर्ति रकम २ करोड १४ लाख नगद भराएको वैदेशिक रोजगार विभागमा महानिर्देशक डा.भीष्मकुमार भूसालले जानकारी दिए । महानिर्देशक डा.भूसालले विभागमा भदौ महिनामा मात्र २ करोड ८५ लाख विगो दाबी सहित ४१ मुद्दा वैदेशिक रोजगार न्यायाधीकरण पेश गरेको जनाएका छन् ।

त्यसैगरी वैदेशिक रोजगार विभागको मातहतमा नरहि म्यानपावर संचालन गर्ने व्यवसायीहरुबाट भदौ महिनामा मात्र १९ लाख ५० हजार जरिवाना असूल गरेको डा. भूसालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.