मनाइयो सातौँ राष्ट्रिय विज्ञान दिवस

  २०७६ असोज १ गते १३:५४     विकासन्युज


काठमाडौँ । बुधबार सातौँ राष्ट्रिय विज्ञान दिवस मनाइएको छ । राजधानीको राष्ट्रिय सभा गृहमा विज्ञान प्रविधि सम्बन्धी सचेतना फैल्याउने उद्देश्यका साथ सो दिवस मनाईएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

सातौँ राष्ट्रिय विज्ञान दिवस, २०७६ लाई व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, बिपि कोईराला मेमोरियल प्लानेटोरियम, विधि विज्ञान प्रयोगशाला तथा विश्वविद्यालयका डिनहरुको संलग्नतामा मूल समारोह समिति गठन गरिएको थियो । भदौ २६ देखी मनाइएको विज्ञान दिवन असोज १ गते सम्पन्न भएको हो ।

राष्ट्रिय विज्ञान तथा प्रविधि परिषद्को स्थापना वि.स. २०३३ सालमा भएको हो । यस्तै, वि.स. २०३९ मंसिर २० गते नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको स्थापना भएको थियो । साथै, वि.स. २०५३ साल जेठ २ गते विज्ञान तथा प्रविधि मन्त्रालयको गठन भएको हो ।

अमृत साइन्स क्याम्पस स्थापनाको अवसर पारेर हरेक बर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउन नेपाल सरकार मन्त्रि परिषद्बाट २०६९ साल मंसिर ८ गते निर्णय भएको थियो । सोही निर्णय अनुसार वि.स. २०७० साल असोज १ गते देखी हरेक वर्ष राष्ट्रिय विज्ञान दिवस मनाइदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.