प्रभु बैंकको एक्स्टेन्सन काउण्टर बागलुङ्ग मालपोत कार्यालयमा

  २०७६ असोज १ गते १२:५६     विकासन्युज


काठमाडौँ । प्रभु बैंकले बागलुङ्ग नगरपालिका स्थित मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।

बागलुङ्गस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको असोज ०१ गते बागलुङ्ग मालपोत कार्यालयका कार्यालय प्रमुख केशबराज ढकाल र प्रमुख राजश्व अधिकृत बिष्णुप्रसाद शर्माले एक समारोहबीच संयूक्त रुपमा उद्घाटन गरेका हुन् ।

बागलुङ्ग जिल्लास्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब बिना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.