नेप्से परिसूचक अस्थिर, २२ अंकले बढेको बजार १२ अंकमा झर्यो

  २०७६ असोज १ गते १२:२७     विकासन्युज


काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिका कारण मंगलबार एकाएक उचालिएको सेयर बजार साताको चौथो दिन अस्थिर देखिएको छ ।

साताको चौथो दिन आज सेयर बजारमा कारोबार शुरु भएको एक घण्टामै २२ अंक उकालो लागेर पुनः तल ओर्लिएको छ ।
बिहान ११ बजे बजार खुल्दा ११५०.६६ अंकको परिसूचक ११ बजेर २६ मिनेट जाँदा ११७२.५९ अंकमा पुगेको थियो । बजार खुलेको आधा घण्टा नबित्दै २२ अंकले बढेको थियो ।

१२ बजेर २० मिनेट १२.५२ अंकले बजार बढेको छ र परिसूचक ११६३.२६ अंकमा पुगेको छ ।

मंगलबार कर्मचारी संचय कोषको ५८ औं बार्षिकोत्सव समारोहमा अर्थमन्त्री खतिवडाले सेयरमा लगानी गर्ने उपयुक्त समय आएको अभिव्यक्ति दिएपछि २ दिनसम्म लगातार दोहोरो अंकले घटेको बजार एकाएक २७ अंकले बढेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.