आज विश्वकर्मा पूजा, फलामे औजारको पूजा गरी मनाइँदै

  २०७६ असोज १ गते ९:१०     विकासन्युज


काठमाडौँ । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा मनाइदैछ । आश्विन सङ्क्रान्तिका दिन कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । आजको दिनलाई वास्तु दिवसका रुपमा समेत मनाउने गरिन्छ ।

विश्वकर्मा पूजाको दिन कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा गरिन्छ । मजदुरहरुलार्इ बिदा पनि दिने चलन छ । फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.