चाँडै आउँदैछ हिरोको ‘एक्सपल्स २००’, यी बाइकहरुसँग गर्नेछ प्रतिष्पर्धा

  २०७६ असोज १ गते ८:१९     विकासन्युज


काठमाडौँ । हिरोको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्गले आफ्नो नयाँ उत्पादन ‘एक्सपल्स २००’ को बिक्री दशैं आसपासबाट नै शुरु गर्ने भएको छ ।

केहि दिन अघिमात्र पनि हिरोले नेपाली बजारमा ‘एक्सपल्स २०० टि’, ‘एक्सट्रिम २०० एस’ र ‘प्लेजर प्लस’ गरी तिन नयाँ मोडलहरुको बिक्री शुरु गरेको थियो । नेपालमा निकै प्रतिक्षारत रहेको यो मोटरसाइकललाई हालसालै सम्पन्न ‘नाडा अटो शो–२०१९’ मा शोकेस गरिएको थियो ।

हिरोले अफरोड मोटरसाइकलको रुपमा बजारमा ल्याएको एक्सपल्स २०० मा एक्सट्रिम २०० आरमै भएको अण्डरपिनि¨हरु दिइएको भएतापनि यसको अफरोडि¨ क्षमतालाई विकास गर्न यो मोटरसाइकलमा केहि थप इक्कुइपमेन्टहरु पनि दिइएका छन् ।

हाइ माउन्टेड मर्डगार्ड, अफरोडि¨ नव्बि टायर्स, इञ्जिनगार्ड, माथि लगाइएको एक्जस्ट पाइप, नकल गार्डस्, व्हिण्ड शिल्ड लगायतका कुराहरुले यो मोटरसाइकललाई पर्फेक्ट अफरोडि¨ मेशिन बनाएको छ । त्यसैगरी यसको अफरोडि¨ विशेषतालाई ध्यानमा राखेर अगाडि २१ इञ्चको र पछाडि भने १८ इञ्चको स्पोक व्हिल्स दिइएका छन् । यी ठूला चक्काहरुले अफरोडमा आइपर्ने जस्तोसुकै अप्ठ्याराहरुलाई पनि पार गर्न सक्दछन् ।

खास फिचरका रुपमा एक्सपल्स २०० मा ब्लूतुथ कनेक्टिभिटी नेभिगेशनको फिचर सहितको फूल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । यो मोटरसाइकलको डाइमेन्सनको कुरा गर्नुपर्दा यसको लम्वाई २२२३ मिलिमिटर, चौडाइ ८५० मिलिमिटर, उचाई १२५७ मिलिमिटर र व्हिलवेस चाहिँ १४१२ मिलिमिटर छ । त्यसैगरी ग्राउण्ड क्लियरेन्स २२० मिलिमिटर र सीट हाइट ८२३ मिलिमिटरको रहेको यस मोटरसाइकलको कर्ब वेट भने १५३ के.जी. रहेको छ ।

यो मोटरसाइकलमा २०० सीसीको सि¨ल सिलिण्डर २–भल्व एयरकुल्ड इञ्जिन समावेश गरिएको छ जसले १८.४ बिएचपिको पावर र १७.१ एनएमको टर्क प्रोड्यूस गर्दछ । त्यसैगरी यस मोटरसाइकलमा ट्रान्समिशन ड्यूटीको काम चाहिँ अफरोडि¨ पर्पोजको लागि ट्यून गरिएको ५–स्पिड गियरबक्सले गर्दछ ।

यस मोटरसाइकलको अगाडिको चक्कामा २७६ मिलिमिटर पेटल डिस्क ब्रेक र त्यसैगरी पछाडिको चक्कामा चाहिँ २२० मिलिमिटर पेटल डिस्क ब्रेक दिइएको छ । सेफ्टी फिचरका रुपमा यस मोटरसाइकलमा सि¨ल च्यानल एबिएस दिइएको छ । त्यसैगरी यसको अगाडि १९० मिलिमिटर सस्पेन्सन ट्राभल भएको टेलिस्कोपिक फर्क र पछाडि भने १०–स्टेप एड्जस्टेवल मोनोशक दिइएको छ ।

सिएट टायर प्रयोग भएको हिरो एक्सपल्स २०० को ब्युल्ट क्वालिटि मजबुत रहेको छ । नेपाली बजारमा यस मोटरसाइकलका प्रतिष्पर्धिहरुको रुपमा होण्डाको ‘एक्सआर १९० एल’, रोयल इन्फिल्डको ‘हिमालयन’, यामाहाको ‘एक्सटिजेड १२५’ जस्ता मोटरसाइकलहरु रहेका छन् । कम्पनीले जनाए अनुसार रु.३,७०,००० देखि रु.३,९०,००० मूल्यको हाराहारीमा यो मोटरसाइकल नेपाली बजारमा आउन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.