उत्कृष्ट टाटा मोटर्स स्पेयर पार्टसको डिलरलाई टाटा एच फाईभ

  २०७६ भदौ ३१ गते १८:११     विकासन्युज

काठमाडौँ । टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्र्तगत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ ।

नेपालभर रहेका ३०० च्याम्पियन जोन, रिटेलर र आधिकारिक सर्भिस सेन्टरहरु मध्ये बनेपाको माँ चण्डेश्वरी अटो स्पेयर उत्कृष्ट च्याम्पियन जोनको रुपमा सम्मानित भएको छ । साथै सम्मान स्वरुप टाटा मोटर्सद्घारा टाटा एचफाईभ प्रदान गरेको हो ।

उक्त कार्यक्रममा टाटा मोटर्सका आईवि हेड (पार्टस्) राकेश मित्तल र सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठद्वारा सयुक्त रुपमा हस्तान्तरण गर्दै टाटा मोटर्स र सिप्रदीका आधिकारिक प्रतिनिधिका रुपमा स्पेयर पार्टस्लाई सहज रुपमा बनेपा क्षेत्रमा उपलब्ध गराएकोमा धन्यबाद व्यक्त गर्दै आगामी दिनमा अरु जिम्मेवार भएर काम गरिदिनका लागि अनुरोध गरे ।

आगामी दिन अझै थुप्रै च्याम्पियन जोन तथा रिटेलरहरुलाई लक्षित गरी विविध कार्यक्रमहरु ल्याईने सिप्रदी अटो पार्टसका महाप्रवन्धक युवराज बुढाथोकीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.