२०७६ भदौ ३१ गते १७:५४ विकासन्युज
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिन सम्मचल्ने “लखपति एक्स्प्रेस २०७६- न यति न उति सिधै लखपति” उपहार योजना घोषणा गरेको छ ।
सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १०जनाले रु. २०० को मोबाइल टप अप जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा १ जना विजेताले रु. १०,००० र हरेक महिना लक्की ड्र मा विजयी हुने १ जनालाई रु १००,००० उपहार प्रदान गरिने छ ।
उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार रु. १०,००,०००जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ ।
कम्पनीका अनुसार यो “लखपति एक्स्प्रेस २०७६- न यति न उति सिधै लखपति” अफर असोज १ गते देखि मंसिर ३० गतेसम्म लागू हुने जनाइएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.