सिटिजन्स बैंक र एनबिआईबीच सम्झौता, बैंकका कर्मचारीको कार्यदक्षता अभिबृद्धि गरिने

  २०७६ भदौ ३१ गते १६:२४     विकासन्युज


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि.(एनबिआई) बीच तालिम सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा सिटिजन्स बैंक ईन्टरनेसनल लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि एनबिआईले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.