नेपालमा उत्तर कोरियाको २४ करोड लगानी, ९ कम्पनी मध्ये अधिकांश काठमाडौंमा

  २०७६ भदौ ३१ गते १४:२५     राजाराम न्यौपाने

काठमाडौं । नेपालमा पर्यटन, सूचना प्रविधि र सेवामूलक क्षेत्रमा ९ वटा उत्तर कोरियाली कम्पनीहरु सञ्चालनमा रहेका छन् । २३ करोड ८८ लाख १९ हजार चुक्ता पूँजी भएका उद्योग प्रतिष्ठान रहेको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ । उत्तरी कोरियाली लगानी रहेका ९ वटा कम्पनीहरुमा ३४६ जनालाई रोजगारी दिइएको छ ।

उत्तर कोरियाले राजधानी काठमाडौंमा नै धेरै लगानी गरेको छ । ९ वटा कम्पनी मध्ये ७ वटा काठमाडौंमा तथा ललितपुर र तनहुँमा एक–एक वटा सेवामूलक कम्पनी सञ्चालन गरिरहेको छ । उत्तर कोरियाले सबैभन्दा धेरै सफ्टवेर डेभलमेण्टको क्षेत्रमा लगानी गरेको छ ।

काठमाडौंमा नै २ वटा सफ्टवेर डेभलमेण्ट कम्पनीमा ११ करोड ५० लाख लगानी गरेको छ । ६ वटा होटल तथा रेष्टुरेण्टमा ७ करोड ९० लाख लगानी गरेको छ । तनहुँमा ने कोरिया हस्पिटल प्रालि ४ करोड ४८ लाख १९ हजार चुक्ता पुँजीमा सञ्चालन भएको छ ।

यता, उद्योग विभागले सोमबार समेत गरी उत्तर कोरियाली लगानीकर्ताहरुलाई उद्योग तथा व्यापार बन्द गर्न ३ पटक पत्र काटिसकेको छ । सोमबार विभागले ४५ दिन भित्र उद्योग र व्यापार बन्द गरी फिर्ता जान पत्र काटेको हो ।

उत्तर कोरियाको उद्योग तथा व्यापारलाई ४५ दिन भित्र बन्द गरी लगानी फिर्ता लान उद्योग विभाग पत्र काटे पनि कानून अनुसार कम्पनी बन्द गर्न ४ देखि ५ महिना लाग्ने कम्पनी रजिष्ट्रार कार्यलयका सूचना अधिकारी सन्तोष दहालले बताए । कम्पनी खारेजी गर्न ३५ दिने सूचना नै निकाल्नु पर्ने भएकोले ४५ दिनमा नै कम्पनी खारेजी गर्न नसकिने जानकारी दिए ।

उद्योग विभागको कानून शाखाका निर्देशक टंकबहादुर महतले ४५ दिन भित्र उत्तर कोरियाको लगानी फिर्ता हुन नसक्ने बताए । उनले भने–‘कानूनी प्रकिया पूरा गर्न ४ देखि ५ महिना लाग्छ । उद्योग खारेजी भन्दा पनि कम्पनी खारेजीको प्रक्रिया लामो भएको बताए । हामीले ४५ दिन भित्रमा उत्तर कोरियाको उद्योग व्यापार बन्द गराउने छौँ । उत्तर कोरियाले उद्योगको खारेजीभन्दा पनि अन्य विदेशी वा नेपालीलाई बिक्री गरे सजिलो हुने उनी बताउँछन् ।

उद्योग विभागका विदेशी लगानी शाखाका निर्देशक प्रशान्त बोहराले उत्तर कोरियाको लगानी प्रतिवन्ध र नेपालमा गरेको लगानी फिर्ताले प्रत्यक्ष असर नगरे पनि अप्रत्यक्ष रुपमा भने असर गर्ने सक्ने बताए ।

नेपालमा उत्तर कोरियाको लगानी माथि प्रतिबन्ध, उद्योग विभागले काट्यो पत्र

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.