आरम्भ लघुवित्तले दियो वित्तीय साक्षरता तालिम

  २०७६ भदौ ३१ गते १२:५१     विकासन्युज

काठमाडौँ । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ २९ गते नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाको विभिन्न गाउँका स्थानीय समुदायका १३४ ग्राहक सदस्यहरुको सहभागितामा “वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको छ ।

कार्यक्रममा संस्थाको बट्टार शाखाका प्रबन्धक सुवास बडालले तालिमको सुरुवातमा सुभारम्भ मन्तब्य दिएका थिए । तालिममा शाखा प्रवन्धक सुवास बडाल तथा जनरल इस्योरेन्स कम्पनीका शाखा प्रवन्धक प्रल्हाल भट्टले प्रशिक्षण दिएका थिए ।

तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरता परिचय, ग्राहकको आवश्यकता तथा चाहना, बचतको अवधारण तथा लक्ष्य निर्धारण, बचत उपाय, बचत योजना, बचत प्रदायक संस्थाको छनौट, ऋणको योजना तथा ऋण लिन सक्ने क्षमता, ऋण प्रदायक संस्थाको छनौट, कर्जा सदुपयोगिता, जोखिम न्यूनीकरण, जोखिमको परिचय र असर विप्रेषण सेवा, अब्यवस्थित खर्चले गरीब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथामबारे जानकारी लिएका थिए ।

व्यक्तिगत वित्तीय व्यवस्थापनका नियमहरु, फजुल खर्च तथा नगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु व्यवसायको परिचय तथा महत्व, व्यवसाय विस्तार तथा विविधिकरण, व्यवसायिक योजना अन्य आयको श्रोतको पहिचान, साधन तथा श्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक बजेट निर्माण, खर्चको अवधारणा आदि विषयहरुमा जानकारी लिएको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.