५८ औँ वर्षमा कर्मचारी सञ्चय कोष, ‘२६ हजार कार्यालयका ६ लाख सञ्चयकर्ता’

  २०७६ भदौ ३१ गते ९:५२     विकासन्युज


काठमाडौँ । कर्मचारी सञ्चय कोषमा २६ हजार कार्यालयका ६ लाख सञ्चयकर्ता रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । कर्मचारी सञ्चय कोष मंगलबारदेखि ५८ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा कोषका प्रशासक तुलसीप्रसाद गौतमले यस्तो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

२०७६ असार मसान्तको वित्तीय अवस्था अनुसार कोषको सञ्चयकोष मौज्दात ३ खर्ब ९ अर्ब ८५ करोड, जगेडा कोषमा ३१ अर्ब ४५ करोड, अन्य दायित्व ४ अर्ब ३९ करोड, कूल श्रोत ३ खर्ब ४५ अर्ब ६९ करोड र कूल लगानी ३ खर्ब ३८ अर्ब ६ करोड रुपैयाँ रहेको प्रशासक गौतमले उल्लेख गरे ।

सञ्चय कोषले सञ्चित रकममा ८.२५ प्रतिशत ब्याज दिने गरेको छ । कोषले सञ्चयकर्ताको हीतलाई मध्येनजर गर्दै विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र कर्जा घर मर्मत सापटी जस्ता सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत दुर्घटना क्षतिपूर्ति योजना, काजक्रिया अनुदान खर्च, सुत्केरी तथा शिशु हेरचाह योजना र सञ्चयकर्ता औषधोपचार तथा घातक रोग बीमा योजना सञ्चालन गर्दै आएको प्रशासक गौतमले बताए ।

५८ औँ वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा प्रशासक गौतमले सञ्चयकोष, निवृत्तभरण कोष लगायत सञ्चयकर्ताका लक्षित सामाजिक सुरक्षाका कार्यक्रम व्यवस्थापन गर्दै कोषलाई सामाजिक सुरक्षाको अग्रणी संस्थाको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । साथै प्रतिफल, सुरक्षा र नगद प्रवाह सुनिश्चित भएका पूर्वाधार विकासका आयोजनाहरुमा लगानीका लागि तीनवटै तहका सरकार तथा निजी क्षेत्रसँग साझेदारी र सहकार्य गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.