यस्तो छ टाटाले ल्याएको एच५ एसयूभी, मूल्य कति ?

  २०७६ भदौ ३१ गते ८:४५     विकासन्युज


काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडि¨ प्रालिले केहि दिन अघि सम्पन्न ‘नाडा अटो शो–२०१९’ मा टाटा एच५ सार्वजनिक गरेको थियो ।

नेपालमा यो कार एक्सई, एक्सएम, एक्सटि र एक्सजेड गरी ४ अलग भेरियन्टहरुमा उपलब्ध रहेको छ । नेपालमा टाटा एच५ को नामबाट आएको यो कार भारतमा भने टाटा ह्यारियरको नामले चिनिन्छ ।

यस कारका फिचरहरुको रुपमा जेनोन एचआईडि प्रोजेक्टर हेडल्याम्प्स्, १७ इञ्च अलोए व्हिल्स्, लोगो प्रोजेक्शनसहितको आउटसाइड रियर भ्यू मिरर्स्, एलईडि टेल लाइट्स, ८.८ इञ्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ८–वे एड्जस्टेवल ड्राइभर सीट, ७–इञ्च कलर टिएफटि डिस्प्ले भएको इन्स्ट्रुमेन्ट क्लष्टर, एम्प्लिफायर सहितका ९ ओटा जेबिएलको स्पिकर, ६ ओटा एयर ब्याग र साथै इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्रामहरु समेत दिइएका छन् ।

५ सिटर यो एसयूभीको डाइमेन्सनको कुरा गर्नुपर्दा यसको लम्वाई ४५९८ मिलिमिटर, चौडाई १८९४ मिलिमिटर र उचाई १७०६ मिलिमिटर रहेको छ भने व्हिलवेस चाहिँ २७४१ मिलिमिटर रहेको छ । त्यसैगरी ५० लिटरको फ्यूल ट्याङ्क क्यापासिटी रहेको यस कारका अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएका छन् ।

टाटा एच५ को इञ्जिन १९५६ सीसी ४ सिलिण्डर क्रायोटेक २.० लि. टर्वो चाज्र्ड डिजेल इञ्जिन हो र यसले १०३ किलोवाट (१४० पिएस) को पावरका साथै ३५० एनएमको टर्क प्रोड्यूस गर्दछ । यसमा ट्रान्समिशन ड्यूटीको काम भने ६–स्पिड म्यानुअल गियरबक्सले गर्दछ ।

नेपाली बजारमा टाटा एच५ का चार अलग भेरियन्टहरुको मूल्य यसप्रकार तोकिएका छन् :
१.टाटा एच५ एक्सई– मूल्य रु.५६,५५,०००
२.टाटा एच५ एक्सएम– मूल्य रु.६४,५५,०००
३.टाटा एच५ एक्सटि– मूल्य रु.६९,५५,०००
४.टाटा एच५ एक्सजेड– मूल्य रु.७४,५५,०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.