विकासमा सबैको साथ सहयोग आवश्यक छ : अध्यक्ष दाहाल

  २०७६ भदौ ३० गते २१:४०     विकासन्युज

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैको साथ सहयोग र सहकार्यले विकास सम्भव हुने बताएका छन् ।

निर्माणव्यवसायी संगठनले सोमबाराजधानीमाअायोजना गरिएको भौतिक पूर्वाधारको विकास र नेपाली निर्माणमा व्यवसायीको अवस्था विषयक अन्तर्किया तथा छलफल कार्यक्रममा बोल्दै उनले विकासमा सबैको साथ  हुने बताएका हुन् ।

उनले निर्माण व्यवसायीलाई इमान्दारिताका साथ विकास निर्माणको काममा जुट्न पनि आग्रह गरे । अध्यक्ष प्रचण्डले जनता र राष्ट्रको पक्षको विकास निर्माणको कामलाई अघि बढाउने अवसर आएको उल्लेख गर्दै सो अवसर सदुपयोग गर्न पनि निर्माण व्यवसायीहरुलाई सचेत गराए ।

उनले समयमै गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायी कार्वाहीको भागीदार हुने चेतावनी पनि दिए । दाहालले मुलुकमा निरंकुशता र अराजकतावादीहरुको कुनै स्थान नरहेको उल्लेख गर्दै सरकार र निर्माण व्यवसायीहरुले मिलेर मुलुक निर्माणको अभियानलाई तीव्रता दिनुपर्ने पनि स्पष्ट पारे ।

उनले सरकारलेे काम गर्ने यो महत्त्वपूर्ण समय भएको बताउँदै सरकारका लागि यो अग्नि परीक्षा भएको उल्लेेखगरे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.