सेञ्चुरी बैंकले मकवानपुरको बज्रबाराहीमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

  २०७६ भदौ ३० गते १६:४४     विकासन्युज


काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले मकवानपुरको थाहा नगरपालिकालाई लक्षित गरेर टिष्टुङ्ग बज्रबाराहीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा मुख्य विषयवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त सम्बन्धी जानकारी दिएको थियो । उक्त कार्यक्रममा १५० जनाभन्दा बढीको सहभागी थियो ।

सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुँच बढाउन गाउँगाउँसम्म वित्तीय साक्षरता अभियान बैंकले शुरु गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.