अण्डाको मूल्य तथा बजारिकरणमा सरकारले ध्यान नदिएको उत्पादकको गुनासो

  २०७६ भदौ ३० गते १७:०५     विकासन्युज

काठमाडौं । देशमा उत्पादन हुने अण्डाको बजारिकरण तथा मूल्य निर्धारणमा सरकारले ध्यान नदिएको हुँदा उत्पादकको अपत्ति जनाएका छन् । नेपाल अण्डा उत्पादनमा आत्मनिर्भर भनियता पनि उपयुक्त बजार र मूल्यका कारण अझैपछि समस्या भईरहेको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताए ।

पशु सेवा विभाग तथा नेपाल अण्डा उत्पादक संघको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै नेपाल अण्डा उत्पादक संघका अध्यक्ष केसीले भने ‘यदि सरकारले उत्पादकको माग एवं बजारको अवस्थालाई ध्यानमा राखि छिटोभन्दा छिटो बजारिकरण गरि समाजमा रहेको समस्यालाई सरकारले निर्मूल गर्नका ध्यान दिनु पर्ने र आगामी दिनमा समाधान नभए सडकमा उत्तिर्न पनि सक्ने बताए ।

पशु सेवा विभागका महानिर्देशक बंशी शर्माले अण्डा उत्पादक लागत निर्धारण र बजारिकरण लगायतका समस्यामा गम्भिर रहेको बताउँदै तत्काल कार्यदल गठन गरी प्रतिवेदनका आधारमा समस्या हल गर्ने बताए। विभागले अण्डाको मूल्य निर्धारण नगर्ने भन्दै त्यस्का लागि सम्वन्धीत मन्त्रालय र वाणिज्य मन्त्रालयसँग सहकार्य गर्ने जानकारी दिए । विभागले धान, उखु र दुधको बाहेक अन्य मूल्य तोक्न नपाउने हुँदा उत्पादक आफु लागत मूल्य अनुसार मूल्य निर्धारण गर्नु पर्ने पशु सेवा विभागका महानिर्देशक शर्माले भने ।

अध्यक्ष केसीले भने ‘अण्डाको उत्पादन र खपत अवस्थ कति हो, कति लागत लाग्छ त्यो तथ्यांक पशु सेवा विभागले अझैपछि समावेश नगरेको र त्यसका आधारमा उत्पादक किसानलाई प्रोत्साहन गर्नुपर्छ’ उनले भने, ‘लागतका आधारमा उचित मूल्य, बजारीकरण र अहिलेसम्म यो क्षेत्रमा सरकारले कुनै नीतिगत कुराहरु स्पष्ट पार्न सकेन ।’ अण्डा उत्पादक किसान र पोल्ट्री क्षेत्रका समस्याका बारेमा सरकार गम्भिर नभए सडक आन्दोलन गर्ने चेतावनी दिए । अहिले दाना र उत्पादन लागत बढेपनि अण्डाको मूल्य नबढ्दा किसान र व्यापारी यो पेशाबाट नै पलायन हुने अवस्था रहेको उनको भनाइ थियो ।

त्यस्तै राष्ट्रिय किसान आयोगकाे विज्ञ तथा केन्द्रिय सदस्य डा. उदयचन्द्र ठाकुरले कृषि क्षेत्रमा नेपाल संवृद्ध भई नसकेको र आगामी दिनमा आत्मनिर्भर हुने क्रम जारी रहेको बताए । कुन क्षेत्रमा कति उत्पादन तथा लगानी गर्नु पर्ने हो भन्ने विषयलाई ध्यानमा राखि क्षेत्रगत रुपमा अगाडी बढ्दा छिट्टै लक्ष्यमा पुग्ने जानकारी दिए । उनका अनुसार, विगत ३ बर्षअघि अण्डाको बजार मूल्य १५ रुपैयाँ थियो भने दानाको प्रतिकेजी मूल्य ३६ रुपैयाँ थियो ।

हाल दानाको मूल्य ५६ रुपैयाँ पुगेको र अण्डाको बजार मूल्य प्रतिगोटा ११ रुपैयाँ २ पैसा रहेको छ । तीनबर्षअघि अण्डा उत्पादक किसानले प्रतिटा अण्डा उत्पादन लागत १२ रुपैयाँ पाउने गरेपनि अहिले दाना र उत्पादन लागत बढ्दा प्रतिगोटा ८ रुपैयाँ मात्र मूल्य पाएको अध्यक्ष केसीले बताए । विभागले अण्डाको मूल्य निर्धारण नगर्ने भन्दै त्यस्का लागि सम्वन्धित मन्त्रालय र वाणिज्य मन्त्रालयसँग समन्वयन गर्ने जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.