सिटिजन्स बैंकको १०१औँ शाखारहित बैंकिङ्ग सेवा सिन्धुलीको खाल्टेमा

  २०७६ भदौ ३० गते १६:३१     विकासन्युज


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिन्धुली जिल्लाकोे सुनकोशी गाउँपालिका खाल्टेमा भदौ २७ गतेबाट १०१ ओैँ शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी किर्तिमान नेपालीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । उक्त शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । उक्त सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति विश्वास एवम् बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सोहि अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालको शिक्षाजगतमा टेवा पुर्याउने उद्देश्यले अमारे माध्यमिक विद्यालयलाई ४ थान कप्युटर प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.