आठ दिनदेखि घटेको घट्यै शेयर बजार, आठ दिनदेखि ७० अंकको गिरावट, किन घटदैछ बजार ?

  २०७६ भदौ ३० गते १६:१६     विकासन्युज

काठमाडौं । आठ दिनको कारोबारमा शेयर बजार परिसूचक नेप्से ७० अंक भन्दा बढीले घटेको छ । भदौ १८ गतेदेखि सोमबारसम्म आइपुग्दा परिसूचक निरन्तर रुपमा घट्दै ११९४.७७ अंकबाट घटेर ११२३.८४ अंकमा झरेको हो ।

सोमबार मात्रै परिसूचकमा १६.१८ अंकको गिरावट देखिएको छ । आइतबार यो १७.८७ अंकले को थियो । सोमबारको कारोबारमा कुल ३४ करोड ३९ लाख रुपैंयाको शेयर कारोबार भएको छ । कारोबार भएका कुल ११ उपसूचक मध्ये ट्रेडिङ बाहेक सबै उपसूचकमा गिरावट आएको छ ।

हाल बजारमा तीव्र गिरावट हुनुमा सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशिका कार्यान्वयनमा आउने तयारी हुनु र बजारका जिम्मेवार अधिकारीहरुबाटै कालो धन सम्बन्धी अभिव्यक्ति आउनुलाई लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.