लक्ष्मी बैंक र लक्ष्मी केयर्सद्वारा सांगीतिक कार्यक्रम आयोजना

  २०७६ भदौ ३० गते १४:४०     विकासन्युज

काठमाडौँ । लक्ष्मी बैंक र लक्ष्मी केयर्सले संयुक्त रुपमा नेपालका प्रतिष्ठित गायक दीप श्रेष्ठको सांगीतिक यात्राको ५० वर्षको अवसरमा कोष स्थापनाको लागि सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा नेपाली गीतसंगीतसँग सम्बन्धित विभिन्न सर्जक, पारखी एवम् संगीतकारहरुको उपस्थिति रहेको थियो ।

कोष स्थापनाको लागि आयोजना गरिएको कार्यक्रमबाट संकलन भएको रकम सम्पदा सूचीमा परेका दुईवटा स्थानहरुका लागि विद्युतीय सवारी साधनको व्यवस्थामा प्रयोग गरिने जनाइएको छ ।

यी विद्युतीय गाडीको प्रयोग बृद्ध एवम् शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि निःशुल्क रुपमा प्रयोग गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.