नेपाल दालमोठ उत्पादक संघको अध्यक्षमा नारायण कार्की चयन

  २०७६ भदौ ३० गते १४:३२     विकासन्युज


काठमाडौँ । नेपाल दालमोठ उत्पादक संघको १४औँ साधारण सभा शनिबार सिद्धार्थ कटेज तीनकुने काठमाण्डौमा सम्पन्न भएको छ ।

उक्त सभाले नयाँ कार्य समिति चयन भएको छ । साधारण सभाले अध्यक्षमा नारायण कार्की, उपाध्यक्षमा रमेशचन्द कसौधन, सचिवमा विनयकुमार पौडेल र कोषाध्यक्षमा राजिव मथिकर्मी चयन भएका छन् ।

सदस्यहरुमा नरेश मल्ल, संजिवकुमार ठाकुर, सरस्वती घिमिरे चयन भएका हुन् । भबिश्यमा देशको आन्तरिक माग बमोजिमको गुणस्तरीय दालमोठ उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने र आयात प्रतिस्थापन गर्ने कार्यमा नवगठित समिति लागि पर्नेसंघका सचिव पौडेलले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.