टिभीएसको ह्विली बिट्स कन्सर्ट भोलि जनकपुरमा हुने

  २०७६ भदौ ३० गते १४:२१     विकासन्युज

काठमाडौं । नेपालको लागि टिभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रा.लिले नेपालीहरुको महानपर्ब बडा दशैँ तथा दीपावलीको पावन अवसरमा ग्राहकहरुलाइ लक्षित गरी “ टिभी एस दशैको दौड” भन्ने स्किम लागु गरेको सबैलाई अवगत नै छ ।

यही उपलक्ष्यमा जगदम्बा मोटर्स प्रा.लि. नेपालको मुख्य मुख्य सहरमा टिभिएस ह्वीली बिट्स नामको कार्यक्रम गर्न लागेको छ । त्यस कार्यक्रममा राष्टिय बाइक राइडरको स्टन्ट शो प्रस्तुत हुनेछ भने बिभिन्न गीतहरुमा नृत्य साथै राष्टिय तथा स्थानीय कलाकारको कमेडी पनि प्रस्तुत हुनेछ । जुन कार्यक्रमबाट हालै नेपाली बजारमा भित्रिएका दुइ नया बाइक आर टि आर १६० २ भी र रेडीएन ११० को लन्च पनि हुनेछ ।

यस कार्यक्रमको सुरुवात सांस्कृतिक तथा धार्मिक र पयर्टकीय क्षेत्र जनकपुरबाट भोलि भाद्र ३१ गते जनकपुरको रामचोकमा दिउसो २ बजे टिभीएसको ह्विली बिट्स कन्सर्ट हुनेछ ।

साथै, टिभीएसको कन्सर्ट, नृत्य, गायन र अन्य मनोरन्जनात्मक कार्यक्रम हुनेछ , यस कार्यक्रम हेर्न को लागि कुनैं शुल्क लाग्ने छैन । साथमा लोकप्रिय राष्टिय कलाकारका साथै स्थानीय कलाकारको पनि सहभागी हुने कुरा जगदम्बा मोटर्सको मार्केटिङ म्यान्जेर नवराज कोइरालाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.