इभेण्ट सोलुसनकाे आयोजनामा दशैं तिहार लक्षित ‘स्टक क्लियरेन्स मेला’ हुँदै, असोज १ देखि शुरु

  २०७६ भदौ ३० गते १४:०५     विकासन्युज

काठमाडौं । दशैंको अवसर पारेर असोज १ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । मेलाको सबै तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रा.लिले जनाएको छ ।

असोज २ गतेदेखि मेला आयोजना हुने भनिएकोमा प्राविधिक कारणले असोज १ गतेदेखि नै मेला शुरु हुने भएको हो ।

चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएको छ ।

यस पटक पनि मेलालाई निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ ।

यसरी, ‘अफरै अफरको ब्यापारिक मेला शपिङ गर्ने यहि हो बेला भन्ने अर्को नारासहित सञ्चालन हुने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने छन् । इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले बताएका छन् ।

दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु सञ्चालन गरिनेछ । एक्सपोको प्रवद्र्धन नेपाल चेम्बर अफ कमर्शले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.