टेकुमा खुल्यो मोटरहेडको शोरुम, दशैंको अवसरमा छुट

  २०७६ भदौ ३० गते १३:११     विकासन्युज

काठमाडौं । टेकुमा मोटरहेड मोटरसाईकलको  ७ औं शोरुम खुलेको छ । मोटरहेडले दशैँमा बाइक किन्नेलाई छुट पनि दिने भएको छ । मोटरहेड मोटरसाइकलको नेपालको आधिकारीक बिक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड कम्पनीका अध्यक्ष शिवप्रसाद घिमिरेले सोमबार शोरुमको उद्घाटन गरेका छन् ।

मोटरहेडले नेपालमा ५ वटा मोडलका मोटरसाइकलहरु बिक्री गर्दै आइरहेको छ । यो कम्पनीले नेपालमा बिक्री गरिरहेको बाइकको ६ गेयरको छ । नेपालमा बिक्री भइरहेको सो ब्रान्डका बाइकहरु १४९ सिसि देखि २२३ सिसिसम्मका छन् । कम्पनीले बाइकको मूल्यू २ लाख ७८ हजार देखि ४ लाख ५० हजार तोकेको छ । यी वाइकहरुमध्ये एम एच १५० मा ५ गियर रहेको छ भने बाँकी सवैमा ६ गियर रहेको छ ।

अमेरिकन कम्पनी मोटरहेडले उत्पादन गरेको यी बाइकहरुलाई चाइनिज कम्पनी फ्यूगो पावर्सले एसेम्वल गरेको हो । मोटरहेडका सम्पूर्ण मोडलहरुमा एल्युमिनियम मिसाइएको मेटल बढी भएको हुनाले खिया लाग्ने समस्या हुँदैन । त्यसैगरी यी मोडलहरु अफरोड बाइक हुन् तरपनि यिनीहरुको टायर पिच सडकलाई पनि हुने गरि तयार पारिएको छ ।

टेक्कन २५० सिसिको बाइकको मूल्य ३ लाख ७५ हजार, स्पोर्ट २५ सिसिको बाइकको मूल्य ३ लाख ६५ हजार, स्क्र्याम्ब्लर २५० सिसिको बाइकको मूल्य ४ लाख ५० हजार एम एच २०० सिसि बाइकको मूल्य ३ लाख ७२ हजार र एम एच १५० सिसिको बाइकको मूल्य २ लाख ७८ हजार तोकेको छ ।

एसएलआर टेक्नो एण्ड ट्रेड कम्पनीका अध्यक्ष घिमिरेले ग्राहकलाई दशैंको अफरस्वरुप स्क्र्याच मार्फत ५ देखि २५ हजारसम्म नगद छुटको व्यवस्था रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.