पोखरामा बीमा संस्थानले गर्यो जीवन बीमा अभिकर्ता आधारभूत तालिम

  २०७६ भदौ ३० गते १२:३७     विकासन्युज


काठमाडौँ । राष्ट्रिय बीमा संस्थानको आयोजनामा पोखरामा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ ।

भदौ २६ गतेदेखि २८ गतेसम्म आयोजित कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो । तालिममा बीमाको परिचय, सिद्धान्त, प्रकार र राष्ट्रिय बीमा संस्थानका बीमालेखहरुबारे जानकारी गराइएको थियो ।

त्यसैगरी बीमा ऐन, नियमावली लगायतका कानूनहरु र अधिकर्ताले पाउने सेवा सुविधाबारे स्पष्ट पारिएको थियो ।
अभिकर्ता संख्या बृद्धि र व्यवसाय बिस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संस्थानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.