सुजल फूड्सले ल्यायो वफर रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा

  २०७६ भदौ ३० गते ११:४९     विकासन्युज

काठमाडौं । सुजल फूड्सले वफर रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ । चोकोफन रोल्स नेपालमै पहिलो पटक उत्पादन भएको बेक्ड वाफ़र रोल्स हो । सुजल फुड्सका अनुसार यो रोल्स को बाहिरी भाग अत्यन्तै क्रिस्पी छ र भित्रि भाग क्रिमी रहेको हुन्छ जुन क्रिम अत्यन्तै उत्कृष्ट र स्वादिलो रहेको जनाएकाे छ ।

यस चोकोफन रोल्स, क्रंची वाफ़र र स्वादिस्ट फ्लेभर युक्त क्रिमको समिश्रण भएकोले, यो खादा मुखमा नै क्रिम पग्लिन्छ र यसको उत्कृष्ट स्वादले आनन्दको अनुभूति प्रदान गर्नसक्ने जानकारी दिँदै, यसलाई चिया कफीसंग, डिजर्टमा, आइसक्रिमसंग पनि उपभोग गरेर यसको स्वादको भरपुर मज्जा लिन सकिने सुजल फुड्सले जनाएको छ ।

अन्तराष्ट्रिय गुणस्तर को स्वादिस्ट फ्लेभर प्रयोग गरि संसारकै अत्याधुनिक वाफ़र रोल्स उत्पादन प्रविधि तथा अत्याधुनिक मसिनेरी बाट स्वस्थकर वातावरणमा उत्पादित चोकोफन रोल्स गुणस्तरिय छ । कम्पनीले चोकोफन रोल्स आकर्षक बक्स प्याकेजिंगमा ल्याएको हो, इम्बोस्ड र वार्निश युक्त प्याकेजिंगमा यसको विशेषताहरु तथा फ्लेभरलाइ अतिनै आकर्षक तथा कलात्मक ढंगले प्रस्तुत गरिएको छ जुन हेर्दानै खाउ खाउ लाग्ने छ।

एउटा बक्समा दस पीसको दुईवोटा ट्रे रहेको छ जसलाई मेटालिक र्यापरले प्याक गरिएको छ, त्यसैले यसको उपभोग गर्दा यो स्वस्थकर तथा यसको क्रिस्पीनेस यथावत रही रहन्छ । चोकोफन रोल्स उत्पादन भएको मितिले १२ महिना भित्र उपभोग गर्न मिल्दछ । १०० ग्रामको बक्सको चोकोफन रोल्स मात्र रु १२० मा बजारमा उपलब्ध छ ।

नेपाली कन्फेक्सनरी जगतको नम्बर १ ब्रान्ड चोकोफन अन्तर्गत ल्याइऐको चोकोफन रोल्सको क्रिस्पी वाफ़र तथा स्वादिस्ट क्रिमको अनुपम स्वादले हरेक उपभोक्ताको मन जित्ने र उनीहरु माझ लोकप्रिय हुने कुरामा सुजल फूड्सले विश्वास लिएको छ । फूड्सले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्ना विभिन्न उत्पादनहरु अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्दै आएको छ र यस नयाँ उत्पादन चोकोफन रोल्सलाई पनि छिट्टै नै अन्तराष्ट्रिय बजार मा निर्यात गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.