महाकाली तर्यो एनआईशी एशिया बैंक, नयाँ तीन शाखा थपिए, शाखा २९८ पुग्यो

  २०७६ भदौ २९ गते २०:०८     विकासन्युज

काठमाडौं । शाखा सञ्जाल र व्यवसायकोे आधारमा नेपालकै सबैभन्दा ठूलो एनआईसी एशिया बैंकले आफ्ना थप तीन शाखा विस्तार गरेको छ । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउँदै आएको एनआईसी एशिया बैंकले सोलखुम्बुको सल्लेरी, कन्चनपुरको दोधारा चाँदनी र खोटाङको दिक्तेलमा नयाँ शाखा संचालनमा ल्याएको हो ।

बैंकले सञ्चालनमा ल्याएको सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड–५, सल्लेरी शाखाको उद्घाटन सोही नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले गरेका थिए । त्यस्तै, कञ्चनपुर जिल्ला महाकाली–६, दोधारा चाँदनी शाखाको उद्घाटन मेयर वीरबहादुर सुनार तथा खोटाङ्ग जिल्ला दिक्तेल रुपाकोट मझुवागढी–१ दिक्तेलस्थित दिक्तेल शाखाको उद्घाटन मेयर दीपनारायण रिजालले गरेका थिए ।

यी शाखाहरुसँगै बैंकका २९८ शाखा पुगेका छन् भने बैंकले ३५६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका करिब १८ लाख ग्राहक रहेको समेत बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.