प्रभु मनि ट्रान्सफरको चाडपर्व अफर, प्रभु हेलिकप्टरमा कालिञ्चोक घुम्ने अवसर

  २०७६ भदौ २९ गते १९:४६     विकासन्युज

काठमाडौं । प्रभु मनि ट्रान्सफरले सदाझै दशै, तिहार तथा छठ पर्वको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी ‘चाडपर्वको उमंग, रमाऔ प्रभु संग’ भनेर पर्वलाई उल्लासमय बनाउन नयाँ योजना ल्याएको छ । प्रभु मनि ट्रान्सफरबाट कारोबार गर्ने हरेक व्यक्ति यस योजनामा सामेल गराउने भएको छ ।

यस योजनामा एक जोडी भाग्यशाली विजेताले प्रभु हेलिकप्टरमा कालिञ्चोक भ्रमण गर्ने अवसर पाउने छन् । अन्यले विभिन्न उपहारहरू टिसर्ट, क्याप र प्रभुटीभी सेटटप बक्स प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गत नेपाल बाहिरबाट नेपालमा रकम पठाउने ग्राहकहरू प्रत्यक्ष लाभवित हुनेछन् । विदेशबाट नेपालमा रकम पठाउन तथा प्राप्त गर्नको लागि प्रभु मनि ट्रान्सफर विश्वासिलो माध्यम बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.