वृहत यौनिकता शिक्षा अनिवार्य गर्न सरोकारवालाहरुको माग

  २०७६ भदौ २९ गते १९:१७     विकासन्युज

काठमाडौं । वृहत यौनिकता शिक्षा अनिवार्य गर्न सरोकारवालाहरुको माग गरेका छन् । नेपाल युवा संस्था सञ्जाल, आयोनको पहलमा तयार पारिएको बृहत यौनिकता शिक्षा सम्बन्धि सुझावपत्र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगत पाठ्यक्रम विकास केन्द्रलाई बुझाउने गरी सरोकारवालाहरुबीच व्यापक छलफल भएको छ ।
उच्च माध्यामिक तहसम्म बृहत यौनिकता शिक्षा अनिवार्य गरिनु पर्नेमा विशेषगरी युवाको मुद्धामा काम गर्दै आएका सामाजिक संस्थाहरुले जोड दिएका छन् । बृहत यौनिकता शिक्षाले बालबालिका र किशोर उमेर समुहका सबैलाई शारिरिक तथा मनोबैज्ञानिक असरहरुबाट जोगिन मद्धत गर्ने र यसकाले उनिहरुको सर्वाङ्गिण विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा सबै सरोकारवालाहरु एकमत भएका छन् ।
यसैगरी युवाहरुलाई व्यक्तिगत सम्बन्धमा, शिारीरिक र संबेगात्मक रुपमाआफनो यौनिकतालाई निर्धारण गर्न तथा यस बारेमा स्पष्ट जानकारी हासिल गर्दै आफ्नो यौन जीवन सुखमय बनाउनका लागि उनिहरुमा यौन सम्बन्धी ज्ञान, सीप, अवधारणा र मान्यताको विकास गर्न मद्धत गर्नेमा सरोकारवालाहरुले धारणा राखेका छन् । यसका साथै यौनिकता, युवाहरुलाई प्रदानगरिने सुचनामा मात्र सिमित नहुने र यसका लागि मनोसामाजिक परामर्स पनि आवश्यक पर्ने हुँदा सरोकारवालाहरुले एक विद्यालय एक नर्स तथा एक मनोसामाजिक परामर्शदाताको व्यवस्था मिलाइनु पर्नेमा पनि जोड दिएका छन् ।
कार्यक्रममा प्रमख अतिथिको रुपमा उपस्थित प्रतिनिधि सभा अन्र्तगत शिक्षा तथा स्वास्थ्य संसदिय समितिकी सदस्य माननीय मनकुमारी जिसिले वृहत यौनिकता शिक्षाले युवाहरुको संबेगात्मक र सामाजिक विकास गर्दै उनिहरुलाई सकारात्मक दृष्टिकोण र मान्यता सहितको जीवनोपयोगी सीप हासिल गर्न उचित अवसर प्रदान गर्ने कुरामा आफु पनि विश्वस्त रहेकोे वताउदै यस प्रकारको ज्ञान पाठ्यक्रममा अनिवार्य राख्न लगाउन आफ्नो तर्फबाट पहलगर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले यौन शिक्षामा खुलेर पठनपाठन नहुने र यसलाई लुकाउदै लानाले यसबाट किशोर किशोरी तथा बालबालिकामा झन समस्याहरु देखा परेको दृष्टान्त सुनाउदै बृहत यौनिकता शिक्षालाई अनिवार्य शिक्षाका रुपमा लागु गर्नुपर्ने कुरामा आफु सहमत रहेको र यसबारे सरकारका सम्बन्धित निकायलाई जानकारीका लागि पहल गर्ने बताए ।
अनुसन्धानकर्ता पूण्य भण्डारीले बृहत यौनिकता शिक्षाको अपरिहार्यता र यसका विविध सवालहरुका बारेमा आफ्नो अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्दै जानकारी गराएका थिए । आयोनको सहकार्यमा तयार पारिएको बृहत यौनिकताशिक्षा सम्बन्धीतयार पारिएको सुझावपत्रलाइ केही दिनमै पाठ्यक्रम विकास केन्द्रलाई बुझाइने आयोनका अध्यक्ष जगदिश ऐरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.