नेपालमा उत्पादन भएको कार्पेट सस्तो छः केशवप्रसाद सिटौला

  २०७६ भदौ २९ गते १८:५७     विकासन्युज

चीनबाट कार्पेट ल्याएर बिक्री गर्दै आएको माहाकोष सेगी कार्पेटले अहिले नेपाालनै विदेशी गुणस्तरको कार्पेट उत्पादन गरिरहेको छ । कम्पनीले ४ वर्षदेखि नेपालमै कार्पेट उत्पादन गर्दै आएको छ । नेपालमा कार्पेटको व्यापार कस्तो छ । कार्पेट उत्पादनको लागि के समस्या छ भनेर माहाकोष सेगी कार्पेटका डाइरेक्टर केशवप्रसाद सिटौलासँग गरेको कुराकानीः

माहाकोष सेगीले कस्तो कार्पेट उत्पादन गर्छ ?

माहाकोष सेगीले सेगीको टपटेन सेगीको कार्पेट उत्पादन गरिरहेको छ । हामीले नेपालमा नै उत्कृष्ट गरिरहेका छांै । हामीले ४ वर्ष अघिदेखि उत्पादन सुरु गरेका थियौ ।

अरु कार्पेटभन्दा माहाकोष सेगी कार्पेटमा के फरक छ ?

हाम्रो प्रकृतिमैत्री कार्पेट हो । यो कार्पेट सजावटका लागि बढी प्रयोग गरिन्छ । यो कार्पेट पहिले चीनबाट आइरहेको थियो । पछि हामीले नेपालमा नै उत्पादन सुरु गरेका हौ ।

चीनबाट आयात गरेर बिक्री गर्नुभन्दा नेपालमा नै उत्पादन गरेर बिक्री गर्दा के फरक पाउनु भयो ?

विदेशबाट ल्याउदा एक पटक जति सामान ल्यायो त्यति मात्रै हो । त्यो कम्पनीले बिग्रेको सामानको जिम्बा लिदैन । तर नेपालमा नै उत्पादन भएको सामान वा सेगीको कम्पनीले जिम्बा लिन्छ । चीनबाट ल्याएर बिक्री गरेको कार्पेट भन्दा नेपालमा नै उत्पादन भएको विदेशको भन्दा अझ गुणस्तरको सेगी कार्पेट नै कम मूल्यमा बिक्री गरिरहेका छौ । हामीले उपभोताको इच्छा अनुसार कस्तो र कत्रो चाहिन्छ अडोर अनुसार हामीले उत्पादन गरेर दिने गरेका छौ ।

मुनाफामा नेपालमा मै उत्पादन गरेको र विदेशबाट ल्याएर बिक्री गरेकोमा कुनमा बढी ?

नेपालमा उत्पादन गरेको उत्पादन गरेको कार्पेटभन्दा विदेशी कार्पेट ल्याएर बिक्री गर्नु नै बढी मुनाफा हुन्छ । तर, नेपालमा नै विदेशको भन्दा राम्रो कार्पेट उत्पादन गर्नुमा छुटै किसिमको मज्जा छ । नेपालमा नै उद्योग सञ्चालन गर्दा नेपालीले नै रोजगारी, देशको व्यापर घाटामा केहि कमी हुन्छ ।

चीनको सेगी कार्पेट व्यापार र नेपालमा नै उत्पादित सेगीको व्यापारमा के फरक छ ?

जब नेपालमा सेगी कार्पेट उत्पादन हुन थाले पछि नेपालीहरुले यो नेपालमा नै बनेको र विदेशको भन्दा राम्रो र सस्तो छ भनेर व्यापारमा वृद्धि भएको छ । जब नेपालमा नै सेगी उत्पादन हुन थाल्यो । तब उपभोताले नेपाली राम्रो ब्रान्ड हो भनेर विदेशी भन्दा नेपाली उत्पादनलाई बुझ्दै गए ।

बजारको प्रतिकृया कस्तो छ ?

हाम्रो उद्योगमा नै आएर उपभोताले यस्तो किसिमको उत्पादन गरिदिनु परो भनेर भनिरहेका हुन्छन । हाम्रो कार्पेटको बजारमा राम्रो बन्दै गइरहेको छ ।

नेपालमा कार्पेट उत्पादनमा के समस्या छ ?

हाम्रो देशमा मध्यम खालका मेशिनहरू मात्रै छन । हाम्रो देशमा कच्चा पदार्थहरू छैन । हामीले धागो उद्योगहरुको समेत विकास गर्न सकेका छैनौ । हामीले कच्चा पदार्र्थ भारत र चीनबाट ल्याइरहेका छौ । त्यो कच्चा पदार्थ नेपालमा नै उत्पादन हुने हो भने अझ सहज हुने थियो ।

मेलामा सहभागि हुँदा के फाइदा भएको छ ?

माहाकोष सेगीलाई उपभोक्ताले चीनको प्रडक्ट हो भनेर नै बुझिरहेका थिए । यो मेलामा हामीले हाम्रो ब्रान्डको बारेमा बुझाउन पाइरहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.