नुवाकोट जिल्लाको तारकेश्वरमा आरम्भको बट्टार शाखाले दियो वित्तीय साक्षरता तालिम

  २०७६ भदौ २९ गते १८:१८     विकासन्युज

काठमाडौं । देशको १५ पहाडी जिल्लाहरुमा १५ हजार ५ सय घरधुरीका विपन्न घरपरिवारमा वित्तीय साक्षरता सेवा विस्तार गरी रहेको छ । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति २०७६ भाद्र २९ गते नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाको विभिन्न गाउँका स्थानीय समुदायका १३४ ग्राहक सदस्यहरुको सहभागितामा “वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको हो ।

तालिमको संचालन बट्टारशाखाका कर्मचारी पबित्रा लामिछानेले गरेका थिए । यस संस्थाको बट्टार शाखाको शाखा प्रवन्धक सुवास बडालले तालिमको वित्तीय साक्षरताको महत्व तथा आवश्यकताबारेमा चर्चा गरेका थिए । वित्तीय साक्षरताको अभावले गर्दा समुदायमा मानिसहरुले दयनीय जीवन बिताउन वाध्य हुने विषयमा पनि शाखा प्रवन्धक बडालले चर्चा गरेका थिए । तालिममा शाखा प्रवन्धक सुवास बडाल तथा जनरल इस्योरेन्स कम्पनीका शाखा प्रवन्धक प्रल्हाल भट्टले प्रशिक्षण दिएका थिए ।

तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरता परिचय, ग्राहकको आवश्यकता तथा चाहना, बचतको अवधारण तथा लक्ष्य निर्धारण, बचत उपाय, बचत योजना, बचत प्रदायक संस्थाको छनौट, ऋणको योजनातथा ऋण लिन सक्ने क्षमता, ऋण प्रदायक संस्थाको छनौट, कर्जा सदुपयोगिता, जोखिम न्यूनीकरण, जोखिमको परिचय र असर विप्रेषण सेवा, अव्यवस्थित खर्चले गरीब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथाम, व्यक्तिगत वित्तीय व्यवस्थापनका नियमहरु, फजुलखर्च तथा नगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु व्यवसायको परिचय तथा महत्व, व्यवसाय विस्तार तथा विविधिकरण, व्यवसायिक योजना अन्य आयको श्रोतको पहिचान, साधन तथा श्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक बजेट निर्माण, खर्चको अवधारणा आदि विषयहरुमा जानकारी लिएको थिए ।

वित्तीय साक्षरता तालिममा तालिमको बारेमा ईश्वरी रिमाल, लक्ष्मी अधिकारी लगाएतले आरम्भ लघुवित्त वित्तीय संस्थाले तालिम दिएकोमा खुसी व्यक्त गर्नुका साथसाथै यस किसिमको तालिमले हामीहरुको आर्थिक उन्नतिमा टेवा दिने विषयमा चर्चा गरेका थिए् । त्यस्तै गरी तालिमको समापन शाखा प्रवन्धक सुवास बडालले गरेका थिए । शाखाप्रवन्धक सुवास बडालले संस्थाले ग्राहक सदस्यहरुलाई कर्जा तथा बचतको साथसाथै वित्तीय साक्षरता तालिम, उद्यमशीलता विकास तालिम, सीपविकास तालिम तथा अन्य विभिन्न तालिमहरु पनि संचालन गर्दै लैजाने जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.