अनलाइन शपिङ साइटले ल्यायो ‘दराज दशैं धमाका’,६० प्रतिशत सम्म छूट

  २०७६ भदौ २९ गते १८:०५     विकासन्युज

काठमाडौं । दशैंमा खुशियाली डिलिवर गर्ने बाचा लिएर नेपालको बृहत अन्लाईन शपिङ साइट दराजले वर्षकै सबै भन्दा ठुलो सेल – दराज दशैं धमाका लिएर आएको छ । अभियान यहि भदौ २९ देखि असोज १३ सम्म हुने भएको छ ।

यस अभियान अन्तर्गत उपभोक्ताहरुले ६०% सम्मको छूट भएको मेगा डिल्स्, दशैं दक्षिणा (डिस्काउन्ट भौचर), मिस्ट्री बक्स्, कलेक्टिबल भौचरहरु, गेम जोन, तथा अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्नेछन् ।

उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउनु दराजको प्राथमिकता हो । त्यसैले दराजले लोकप्रिय शेक शेक गेम फेरी यस अभियानमा लिएर आएको छ । शेक शेक गेम अन्तर्गत आकर्षक भौचरहरु जित्न उपभोक्ताहरुले २८–३० भदौ र ३–५ असोज को बीच हरेक दिन तोकिएको समय (शेक शेक गेम सेशन) भित्र दराज एप खोली आफ्नो मोबाइल फोन हल्लाउनु पर्ने हुन्छ ।

दशैंको उपलक्षमा दराजले महा बम्पर उपहार पनि लिएर आएको छ । लक्की ड्र मार्फत एक भाग्यशाली उपभोक्ताले नयाँ टिभिएस अपाची आरटिआर १६० फोर भि जित्ने मौका पाउनेछन ्। लक्की ड्रमा भाग लिने उपभोक्ताहरुले भदौ २९ देखि असोज १३ को बीचमा दराजमा शपिङ गर्नुपर्नेछ । यस लगायत उपभोक्ताहरुले अन्य धेरै उपहार पनि जित्न सक्नेछन् ।

दराजको यस दशैं अभियानको बारेमा दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भन्छन्, “दशैं भनेको वर्षकै सबै भन्दा ठुलो शपिङ सिजन हो । अन्लाईन प्लेटफर्म हुनुका कारण हामी यस दशैँ धमाका अभियानद्वारा उपभोक्ताहरुलाई घरै बसी तथा चाडपर्व सुरुहुनु अघिनै दशैँको किनमेल गर्न पाउने सहज सुविधा प्रदान गर्ने आशा गर्दछौं ।”

बैंकिङ्ग सहयात्रीबाट पाइने अतिरिक्त छुटहरु ः

उपभोक्ताहरुको शपिङ अनुभवलाई अझै रमाइलो बनाउन दराज ले ७ ठुला बैंकहरु सँग मिलि थप छूटहरु लिएर आएको छ । उपभोक्ताहरुले दराजको ७ बैंकिङ्ग पार्टनरहरुको (नबिल बैंक,स्टाण्डर्ड चार्टड,सानीमा बैंक,मेगा बैंक, ग्लोबल बैंक,एनआइसी बैंक,माछापुछे बैंक) डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २०% अथवा रु २५०० सम्मको छूट पाउनेछन् । यदी उपभोक्ताहरु सँग उक्त बैंकहरु को कार्ड छ तर अन्लाईन पेमेन्ट सुचारु छैन भने आफ्नो बैंकसँग सम्पर्क गरी सुचारु गर्न सकिन्छ ।

यस लगायत अन्य धेरै अफरहरु पनि

टप ब्रान्डहरुमा दामी डिल्स्ः

यस अभियानमा संयुक्त सहयात्री ब्रान्डहरु मध्ये टिभीएस, सियोमी, सामसुङ, भियानेट, समरा, होलिडज, हुवावे, साने, एलजी, होम ग्लोरी, एडिडास, भ्यान्स, सोनम ग्यर्स, मन्त्र विशेष, क्रियशन, लिगो, टेक्नििक, जुआस, रंगोली, एण्ड अमार्य फेसन हाउस पर्दछन् । यी सबै ब्रान्डहरुको विभिन्न उत्पादन हरुमा ६०% सम्मको छूट रहेको छ ।

दराज दशैं धमाका अन्तर्गत अन्य धेरै तथा छुटाउन नहुने अफरहरुमध्ये सम्साराको बालि, दुबई, इजिप्टका होलिडे प्याकेजहरु पनि पर्दछन् । साथै टिभिएस,एनटीओआरओ, स्कुटर, हिटाची, ४३ स्मार्ट टिभिएस भियानेट, प्याकेज, एमआइ फोन, मन्त्र नेपाल, टाभलिङ गितार, सोनम गियर्स, एडिडासका उत्पादनहरु तथा अन्य घरायसी समानहरुमा पनि आकर्षक छूटहरु रहेका छन् । यसका साथै अब दराजमा गाडी पनि किन्न मिल्नेछ । दराजले यस दशैँको उपलक्ष्यमा सबैभन्दा सुलभ मूल्यमा टाटा टियागो गाडी लिएर आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.