क्यानडाको उच्च बेबि ब्राण्ड विविएलयूभि अब नेपालमा

  २०७६ भदौ २९ गते १७:५१     विकासन्युज

काठमाडौं । क्यानडामा बच्चाहरुको निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड विविएलयूभि नेपालका भित्रिएको छ । नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता आइएमएस ग्रुप अन्तर्गत आइएमएस लिटिल स्माइलस् कम्पनीले विविएलयूभिको सामाग्रीहरु भित्र्याएको छ ।

साना बच्चाहरुका लागि कम्पनीको आफ्नै सोरुम आइएमएस लिटिल स्माइलस् सिटी सेन्टर, कमलपोखरी स्थित छ जुन नेपालकै पहिलो प्रिमियम मल्टी ब्राण्ड सोरुम हो । आफ्नो अमुल्य ग्राहकहरुका लागि उत्कृष्ट अन्तर्राष्ट्रिय बेबी ब्राण्डहरु सामानहरु नेपालमा पहिलो पटक सोरुममा उपल्ब्ध छ ।
क्यानडियन ब्राण्ड विविएलयूभिले बच्चाहरुलाई फिडिङ्, ग्रूमिङ, बाथ् टाइम, आउटडोर लगायतको गुणस्तरीय उत्पादनहरु प्रदान गर्नेछ जसले बच्चाहरुको जिवन सरल बनाउन मद्दत गर्नेछ । विविएलयूभिले गुणस्तरीय उत्पादनहरु प्रदानगर्छ, जुन सुरक्षित टिकाऊ, आकर्षक हुनेछ जसले बच्चाको जीवन सरलकृत गर्दछ । कम्पनीले विविएलयूभिको उत्पादनहरु स्मार्ट म्यपयबाट पनि उपलब्ध गराएको छ, जुन नेपालको एक अग्रणी अनलाईन मेगा स्टोर रहेको छ ।

आइएमएस् ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्रा भने, “नेपालमा बच्चाहरुका लागि अर्काे अन्तर्राष्ट्रिय बाण्ड विविएलयूभिको वितरक गर्दा हर्षित रहेको साथै हाम्रा राष्ट्रका नागरिकहरुलाई अमुल्य सेवा र उत्पादनहरु प्रदान गर्ने हाम्रो दृष्टिकोणको साथ, हामी हाम्रो उपभोक्ताको आवश्यकताहरु पूरा गर्न चाहन्छौं, साथसाथै अब देश भित्रनै अन्तर्राष्ट्रिय ब्राण्ड विविएलयूभिका विभिन्न सामानहरु सुलभ तथा सहज ढङ्गमै खरिद गर्न सकिनेछ जस्ले गर्दा आम उपभोक्ताले प्रिमियम ब्राण्डका सामानहरु खरिद गर्न विदेश जानु पर्ने अवस्थाको पनि अन्त हुने विश्वास छ, र निरन्तर सुधार र प्रत्येक पक्षमा यहाँहरुको अनुभव बृद्धि गर्दछौं ।”

आइएमएस् ग्रुपको बारेमा
आइएमएस् ग्रुपको हालसम्म २० वटा भन्दा बढि कम्पनी रहेको छ । आइएमएस् नेपालको लागि सामसुङ् स्मार्ट फोनको राष्ट्रिय स्तरको विक्रेता हो साथै नेपालमा पहिलो पटक १९९८ मा आधिकारीक रुपमा मोबाइल आयात गर्ने पहिलो कम्पनी हो । विगत २६ वर्षको अन्तरालमा यो कम्पनी विविध क्षेत्रहरुमा बढ्दै आईरहेको छ, यो कुरा आइएमएस् ग्रुपसंग आबद्ध कम्पनीको संख्याबाट स्पष्ट रुपमा देखिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.