युरोपमा प्रयोग हुने जिन्डल मेट्रेस नेपाली बजारमा ल्याएका छौंः अरुण मल्लसँग

  २०७६ भदौ २९ गते १७:३३     विकासन्युज

नेपालमा आयात गर्ने र नेपाली फर्निचर युरोपलगायत छिमेकी देशहरुमा निर्यात गर्दै आएको छ । यस विषयमा इन्दिरा एक्पोट एन्ड इम्पोटका संचालक अरुण मल्लसँग बिकासन्युजले गरेको कुराकानीः

जिन्डल म्याट्रेस कस्तो मेट्रेस हो ? कहाँ उत्पादन हुन्छ ?

जिन्डल मेट्रेस युरोपमा प्रयोग हुने मेट्रेस हो । नेपाली उपभोक्तालाई आफ्नो रुचीअनुसार उच्चस्तरको मेट्रेस प्रयोग गर्न सजिलो होस् भनेर हामीले जिन्डल म्याट्रेस भित्र्याएका हौं ।

यो मेट्रेस भारतको हरियाणमा बन्छ र युरोपियन बजारमा निर्यात हुन्छ । यो मेट्रेस स्वास्थ्यका लागि पनि उपयोगी मानिएको छ । शरिरको तैल अनुसार यो मेट्रेस प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गर्दा जिउँ चिलाउँदैन । स्पाइनल लेक्नोलोजिको प्रयोग भएको छ । यसमा सुतेर बिहान उठदा फ्रेस हुन्छ ।

कसरी स्वास्थ्यकर छ यो म्याट्रेस ?

यो मेट्रेसमा स्वास्थ्यका लागि फाइदा जनक कच्चा पदार्थको प्रयोग गरिएको छ । यो मेट्रेसको तौलेर मानिसको शरिरको वजनलाई ध्यानमा राखेर बनाइएको हुन्छ । युरोपीयन टेक्नोलोजिको प्रयोग भएको हुँदा यसले कर्तालाई सफ्ट फिल गराउँछ । यो हेर्दा पनि आनन्द आउँछ ।

जिन्डल म्याट्रेस मूल्य कस्तो छ ? कति वर्षको वारेन्टी हुन्छ ?

हाम्रो मेट्रेसको न्यूनतम मूल्य २६० रुपैयाँ स्क्वारफिट रहेको छ । ठूला होटलहरुमा प्रयोग गर्ने वा अत्याधुनिक टेक्नोलोजि प्रयोग गरेको मेट्रेसको १८ सय रुपैयाँ स्क्वार फिट पर्छ । यसको साढे १२ वर्ष वारेन्टी रहेको छ ।

इन्दिरा एक्पोट एन्ड इम्पोटको फर्निचर कुन कुन विदेशमा निर्यात हुन्छ ?

हामीले बनाएको फर्निचरहरु भारत, चीन र युरोपमा निर्यात हुन्छ । हामीले चीनमा हुने मेलामा समेत प्रदर्शनी गर्ने गरेका छौं ।
कुन काठको फर्निचर विदेश निर्यात हुन्छ ?

हेर्दा राम्रो, बलियो र किफायती सालका फर्निचरहरु नै हामीले नियात गर्दै आएका छौं । बेड, टेबललगयातका नेपाली फर्निचर पनि विदेशमा निर्यात हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.