कुलमान घिसिङ भन्छन् – ‘घरबेटीलाई विद्युतमा व्यापार गर्न नदिनुस्’

  २०७६ भदौ २९ गते १६:४६     विकासन्युज

काठमाडाैं ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीहरूले विद्युतमा व्यापार गर्न नपाउने  बताएका छन् । प्राधिकरणमा कार्यभार सम्हालेको तीन वर्ष पुगेको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले  घरबेटीहरूले मनलाग्दाे हिसावले रकम उठाएकाे गुनासाहरू आएकोले त्यस्ताे  नगर्न उनले आग्रह

अधिकांश घरधनीले बहालमा बस्ने सर्वसाधारण वा व्यवसायीसँग बिजुलीको बिलमा उठ्ने वास्तविक शुल्कभन्दा बढाएर शुल्क उठाउने गरेका गुनासाहरू प्राधिकरणमा आएको उनले बताए । उनले भने, ‘घरभाडा जति लिए पनि हामीलाई सरोकार छैन, तर बिजुलीमा बढी शुल्क लिएको पाइए कारबाही हुन्छ।’

‘बिजुलीमा घरबेटीले व्यापार गर्न पाइँदैन,उनले भने, वास्तविक बिल जति उठ्छ त्यही दरमा मात्रै ग्राहकसँग शुल्क उठाउनुपर्छ,’  घरधनीले प्रतियुनिट ७ रूपैयाँसम्म बढी लिने गरेको सर्वसाधारणको गुनासो सुनिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.