स्वदेशी ब्राण्डका धागो र कपडाको मेला असोज २ गते देखि काठमाडौंमा

  २०७६ भदौ २९ गते १६:३६     विकासन्युज

काठमाडौं । नेपाल धागो उत्पादक संघले असोज २ देखि ६ गतेसम्म नेपाली धागो तथा टेक्सटाइल एक्स्पो २०१९ को आयोजना गर्ने भएको छ । दोस्रोपटक स्वदेशी धागो तथा धागोबाट उत्पादन भएको कपडाहरुको मेला हुने भएको छ । मेलामा दशैंलाई लक्षित गरि नेपालमा उत्पादन भएको कपडा र धागोमा ५० प्रतिशत छुट दिने भएको छ । मेलाको नरा ‘ स्वदेशी लगाऔं स्वदेशी बनौ ’ भने रहेको छ ।

राजधानीको भृकुटीमण्डपमा हुने मेलामा नेपालमा उत्पादित धागोबाट तयार गरिएको उच्चस्तरीय सामाग्रीहरु कपडा र होजियरी लगाएतका वस्तुहरुको स्टल राखिने छ ।

नेपाल धागो उत्पदक संघका अध्यक्ष पवनकुमार गोल्यानले धागो र टेक्सटाइल मेलाले नेपालको धागो र नेपामा उत्पादन भएको कपडाको गुणस्तर र ब्रान्डको बारेमा जानकारी दिने बताए ।

उनले भने नेपालमा उत्पादन भएका गुणस्तरीय कपडाहरुलाई पनि बिक्रेताहरुले विदेशी उत्पादन भनेर बेचिरहेका छन । यो मेलाले उपभोक्ताहरुले नेपालमा उत्पाद भएको गुणस्तरीय बस्तुहरु बजार मूल्य भन्दा ५० प्रतिशत सस्तो किन पाउने बताए । नेपालमा उत्पादन भएको धागो विदेशमा उत्पाद भएको धागो भन्दा गुणस्तर र सस्तो मूल्य रहेको बताए ।

कपडा उद्योस संघका अध्यक्ष रविन श्रेष्ठले नेपालमा उत्पादन भएको कपडा पनि विदेशी गुणस्तर जस्तै भएको बताए । नेपालमा पनि अधुनिक प्रविधिबाट कपडा उत्पाद हुने भएकोले नेपाली कपडा गुणस्तीय रहेको बताए । नेपाली कपडा सस्तो हुदैमा न्युन गुणस्तर नहुने बताए ।

भारतमा, बंगलादेश र टर्की लगायतका देशमा नेपामा उत्पाद भएको धागो निर्यात हुने गरेको छ ।  मेलामा नेपाली धागो, कपडा, सर्टिङरसुटिङ होजियरी, स्वेयटर,लगायत गरि ७४ वटा स्टल रहने आयोगकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.