नेपालमै रोजगार गर्ने ठाउँहरु प्रशस्तै छन् खाडी जानु अघि एकपटक सोचौंः श्री खनाल

  २०७६ भदौ २९ गते १६:२४     विकासन्युज

नेपालमा अल्ट्रा गु्रप अन्र्तगतको इन्टेरिओबाट फर्निचर तथा सोलार सम्बन्धि वस्तुहरु बिक्री वितरण गर्दै आएको छ । नेपालमा फर्निचर बनाउन दक्ष जनशक्तिको अभाव हुँदा कतिपय अवस्थामा विहारबाट आएका समान्य वर्गलाई महत्वपूर्ण काम सुम्पिनु पर्ने बाध्यता कम्पनीको छ ।

खाडीमा थोरै तलब भत्तामा नेपाली युवाहरूले दुःख गरिरहेका छन् । तर, सोही समयमा आफ्नै देशमा दक्ष जनशक्ति अभावको छ । नेपाली युवाहरूले सिप सिक्ने बानीको विकास गराउन सके नेपालबाट विदेशिने रकम रोकिन्छ भने युवाहरूको परिश्रम स्वदेशी उत्पादनमा खर्च हुन्छ ।अन्ट्रा गू्रप कम्पनी अन्र्तगतको इन्टेरिओ प्रमुख श्री खनालसँग बिकासन्युजले गरेको कुुराकानीमा आधारितः

तपाईको कम्पनीले के कस्ता सामाग्रीहरू उत्पादन गर्दै आएको छ ?

इन्टेरिओसँग सम्बन्धित सामाग्री पाइन्छ । यस्ता डिजाइनसँग सम्बन्धि सामग्री सोलार लगायतका होलसेलका सामान हामीले बनाउँछौ ।

तपाईहरुको उत्पादन स्वदेशी हो कि विदेशी ?

हामीले हाम्रो उत्पादन आफैले बनाउँदै आएका छौँ । एउटा प्रडक्ट सप्लाइ र अर्को डिजाइन हामीले गर्छौ । अल्ट्रा गु्रप विङ्ग हो हाम्रो ।

यहाँहरूको मुख्य काम हो ?

हाम्रो मुख्य काम भनेको फर्निचर हो । साथै, हामीले डिजाईनको समेत काम गर्छौ ।

फर्निचर बनाउँदा कुन काठ बढी मात्रामा प्रयोग हुन्छ ?

सल्लाको काठ हाम्रोमा बढी मात्रा प्रयोग हुन्छ । यस्तै, अग्राखलगायत काठका सामानहरु पनि हामीले प्रयोग गर्दै आएका छौ ।

ग्राहकहरूकोे रुची कस्तो सामानमा बढी हुन्छ ?

नेपालमा बनाएको सामान भएर होला ग्राहकहरुले हाम्रो उत्पादन बढी रुचाउनु भएको छ । हाल विदेशीको भन्दा हाम्रा प्रडक्टमा राम्रा छन् ।

वर्तमान अवस्थामा नेपाली वा विदेशी कुन सामानको प्रयोग गर्दा राम्रो होला ?

कर लगायतका कारणले मुलुकलाई त आफ्नै सामान प्रयोग गर्दा राम्रो हो । तर, व्यापारीलाई भने ग्राहकको माग कता छ भन्ने कुराले प्रभाव पार्छ । सामानको गुणस्तर अनुसार माग हुन्छ ।

नेपाली सामान अन्य सामानको तुलनामा सस्तो हुन्छ वा महङ्गो ?

विदेशी सामानको तुलनामा हामीले बनाएको सामान सस्तो पर्छ । तर, विदेशी सामान पनि गुणस्तर अनुसार केही सस्तो केही महङ्गा पनि छन् ।

तपाईहरूलाई व्यवसाय गर्न कुनै समस्या छ कि ?

कालिगढहरूका लागि केही समस्या छ । हार्डवेयरहरु भने बाहिरबाट ल्याउने पर्ने हुन्छ । जनशक्तिको अभाव हुनुमा यस्तो काममा नेपालीको इच्छा नभएको कारणले हो । सो सिप सिकेमा खाडीको घाममा काम गर्न जानुपर्दैैन । अहिले त हाम्रो पैसा बाहिर गईरहेको अवस्था छ ।

फर्निचर बनाउन काठ पात कहाँको प्रयोग गर्दै आउँनु भएको छ नि ?

फर्निचर बनाउन चाहिने काठ नेपालकै प्रयोग भइ रहेको छ । तर, चाहे अनुसारको काठ नपाउँदा समस्या छ ।

व्यवसाय गर्न कतिको सहज छ नि ?

अहिले व्यवसायीले सबै जोखिम आफैले मोलेर काम गर्नुपर्ने अवस्था छ । सरकारले यसमा ध्यान दिन आवश्यक छ ।

सामानको बिक्री कहाँ–कहाँ हुन्छ नि ?

नेपालमा मात्र हामीले सामानको बिक्री गर्दै आएका छौं । बैकबाट समेत आर्थिक सर्पोट गर्ने अवस्था छैन । यसमा सरकारको तर्फबाट सहयोग नमिल्दासम्म व्यवसाय गर्न गाह्रो अवस्था छ ।

सोलार सम्बन्धि के–के काम गर्नु हुन्छ नि ?

सोलार वाटर हिटरका लागि हामीले सम्पूर्ण काम गदैछौं । ‘भ्याकुम ट्युव सोलार’ नेपालमा पहिलो पटक हामीले नै प्रयोग गरेका हौ । पानी भित्र राखेर भित्रको कार्वन ट्युवले काम गर्छ । यो अन्य सोलार भन्दा केही भिन्न हुन्छ । यसमा सकेसम्म भित्र छिरेको ताप बाहिर आउन दिदैन ।

कुन देशबाट बढी मात्रामा सामान आयात हुन्छ ?

चीनबाट सबैभन्दा बढी यस्ता उत्पादनहरु आउने गरेका छन् । यहाँहरूले ग्राहकलाई कुन–कुन सामानको सुविधा दिनु भएको छ । विद्युतीय चुलो, चिम्नी, ओभनहरु हामी कहाँ उपलब्ध छन् । अहिले चिल्लो–चाप्लो पकाउँदा त्यसको खारले भान्छेको स्वास्थ्यमा समेत असर पुर्याउने गरेको छ । सोही कुरालाई मध्यनजर गर्दै स्वास्थ्यमा कम असर पुर्याउने खालका चिम्नीहरु बजारमा आएका छन् ।

कम्पनीमा कति कर्मचारी आवद्ध हुनुहुन्छ ?

२ सय भन्दा बढी कर्मचारीहरुले कम्पनीमा प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्षमा रुपमा भने ५ सय जना जतिले यो व्यवसायमामा आवद्ध हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.