आशा लघुवित्तको जोखिम व्यवस्थापनका लागि तालिम

  २०७६ भदौ २९ गते १३:२०     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले शाखा प्रबन्धकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य ३ दिने जोखिम व्यवस्थापन तालिम तथा समिक्षा गोष्ठी समापन भएको छ । पोखरामा भदौं २५ गतेदेखि शुरु भएको उक्त कार्यक्रममा देशभरि ५५ वटा शाखा कार्यालयमा ५५ जना शाखा प्रबन्धकहरु सहभागिता रहेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृति बद्रीप्रसाद दुलालले उद्घाटन गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै शाखा प्रबन्धकहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने बताए । कार्यक्रममा कर्जा व्यवस्थापन सम्बन्धी तालिम तिर्थरत्न कोनाजोले, उत्प्रेरणा तथा सकारात्मक सोचको विकास सम्बन्धमा दिपेन्द्र पहाडीले तथा योगा र ध्यान सम्बन्धी विश्वमणी तिवारीले प्रशिक्षण दिएका थिए ।

संस्थाका विभागीय प्रमुखहरु रबिन खतिवडा, दिपेन्द्र खनाल तथा कमल खत्रीले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा व्यवस्थापन सम्बन्धमा प्रस्तुति गरे । कार्यक्रममा बोल्दै अनुगमन अधिकृतहरु बिजय यादव, सुशिल पौडेल तथा हरीशंकर कुमार मिश्रले कर्जा विश्लेषण सदुपयोगिता निरीक्षण, कर्जा जोखिम व्यवस्थापन, पहिचान तथा समाधानका उपायहरु सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृत प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘विपन्नका निम्ति आशा’ भन्ने मुल नाराका साथ ककनी ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भदौ १५ गतेबाट कारोबार शुरु गरेको हो । हाल वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ४७ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थामा करिब १ अर्ब ९७ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ५३ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.