म्याट्रेस र कार्पेट बजारको पायोनियर हेरिटेज कार्पेट, ३ महिनाभित्र नयाँ उद्योग थपिदै

  २०७६ भदौ २८ गते २१:३५     राजाराम न्यौपाने

काठमाडौं । हेरिटेज कार्पेटका प्रबन्ध निर्देशक हेमराज ढकाल नेपालको म्याट्रेस र कार्पेट उद्योगको क्षेत्रमा सफल उद्यमीको रुपमा स्थापित छन् । उनले करिब ७० करोड रुपैयाँ लगानी गरेर सञ्चालन गरिरहेको हेरिटेज कार्पेट नेपालको म्याट्रेस र कार्पेट बजारको पायोनियर उद्योग हो ।

नेपालमा कार्पेट तथा म्याट्रेसको बजार बिस्तारै स्थापित हुँदै गएको छ । कार्पेट र म्याट्रेसको प्रयोग सहरी क्षेत्रमा मात्र सीमित छैन, यातायातका साधन पुगेका सबै जिल्ला, ग्रामिण क्षेत्रमा पनि यसको प्रयोग बढ्दो छ । ‘अहिले सहरी जीवनमा कार्पेट र म्याट्रेस प्रयोग अनिवार्य बन्दै गएको छ । उपभोक्तालाई म्याट्रेस र कर्पोटको प्रयोग गर्न सिकाएको हेरिटेजले नै हो’ गर्वका साथ ढकालले भने ।

मार्वल हाल्न महङ्गो पर्ने हुनेले कार्पेटको प्रयोग गर्न ग्राहकहरुले रुचाउँछन् । काठमाडौ तथा हिमाली जिल्लामा जाडो याममा तातो बनाउन समेत यो कार्पेट राख्नु राम्रो मानिन्छ । साथै, विदेशी मुलुकमा भने घरको भित्तामा समेत यो कार्पेट प्रयोग गरेको पाईन्छ । कार्पेट प्रयोग गर्दा तातो हुने मात्र नभई ग्राहकहरुले विविध फाईदाहरु उठाउँदै आएका छन् । कार्पेट प्रयोग भएको स्थानमा ग्राहकहरुले आफ्ना बाल बच्चा खेलाउन सक्छन् ।

कार्पेट सरसफाई गर्न समेत सहज हुन्छ । कार्पेटमा भ्याकुम लगाउन पनि सकिनेछ भने ब्रस लगाएर समेत सहजै सरसफाई गर्न सकिन्छ । अविकसित देशमा सस्तो दामका कार्पेट ग्राहकहरुको रोजाईमा पर्ने भएका कारण हाम्रो कार्पेटको नाम चलेको जस्तो लाग्छ । पहिलेपनि कार्पेट त पाईन्थ्यो, तर त्यसको मूल्य भने महङ्गो हुने गथ्र्यो । सोही कारण आर्थिक अवस्था कमजोर भएका ग्राहकहरुको घरमा कार्पेट ओच्छ्याईएको हुँदैनथ्यो । पहिले उपत्यका भित्र रहेका ग्राहकहरुले मात्र कार्पेट प्रयोग गर्थे भने उपत्यका बाहिर रहेका ग्राहकहरुले त्यति कार्पेट प्रयोग गर्दैनथे ।

संघर्षका दिन

१६ बर्षअघिदेखि नै म्याट्रेस उत्पादनबाट बजार थालेको कम्पनीले सुरुवाती दिनमा स्वदेशी उत्पादन प्रति ग्राहक आकर्षित गर्न निकै सङ्घर्ष गर्नुपर्याे । पहिलोपटक नेपालमै ‘रवराइज्ड कोयर म्याट्रेस’उत्पादन शुरु गरेपनि यसको आयातित बजारसँग प्रतिस्पर्धा गर्न कम्पनीलाई हम्मेहम्मै नै पर्याे ।

‘म्याट्रेस भन्नासाथ विदेशीमात्रै हुन्छ भन्ने सोचबाट बाहिर ल्याउन नै धेरै समय लाग्यो’ ढकालको अनुभव छ ।
कम्पनीले अहिले ग्राफिक्स, जकार्ड, भेलोर, स्ट्राईप, १२ लाइन ड्रिब्स, रिब्डलगायत गरी विभिन्न प्रकारका कार्पेट उत्पादन गर्दै आएको छ । हेरिटेजका उत्पादन नेपालको ७७ जिल्लामा पुगेको उनले सुनाए ।

नेपालमै पहिलोपटक आधुनिक कम्प्युटराइज पद्धतिबाट कार्पेट उत्पादन सुरु गरेको कम्पनीले आफ्नो बजार विस्तारमात्र गरेन, आयातित कार्पेटको ४० प्रतिशत बजार हिस्सा नै विस्थापित गरिदिएको छ । ‘रिब्ड’ बाहेक नेपालमा सबै किसिमका कार्पेटको उत्पादन थालेकै हेरिटेज इण्डष्ट्रिजले नै हो ।

बढ्दो बजार

पहिलेको अवस्थामा धेरै जस्तो कार्पेटको बजार विदेशीमा निर्भर रहँदै आएको थियो । अहिलेको अवस्थामा भने ६५ प्रतिशत बजार नेपाली उत्पादनले नै धान्न थालिसकेको अवस्था छ । ‘आगामी २ वर्ष भित्रमा नेपालले ९० प्रतिशत नेपाली कार्पेट प्रयोग गर्ने अवस्था छ । अपवादको रुपमा मात्रै बाहिरबाट मगाउने अवस्थापनि आउन सक्छ’ ढकालको विश्लेषण छ ।

बढ्दो बजार देखेर उद्योगमा थप लगानी गर्दैछन् र नयाँ उत्पादन ल्याउँदैछन् । उनले ६ महिना भित्र हेरिटेज कार्पेटले एम्बोसिङ्ग कार्पेट ल्याउने तयारी भईरहेको जानकारी दिए । अहिले ३ तहको सरकार आएको बेलामा बजारमा माग पनि बढ्ने भएकोले उद्योगको साईज बढाउन आवश्यक रहेको बुझाई छ ।

समस्या

नेपालमा उद्योग चलाउने काम सजिलो छैन । तर राष्ट्रियता र स्वभिमानसँग जोडेर गर्वका साथ उद्योग चलाईरहेको छन् ढकाल । ‘ल एन्ड अर्डर अर्थात कानुनको पालना पहिलो आवश्यकता हो’ ढकाल भन्छन्–‘श्रम र यातायातका क्षेत्रमा उद्योगले भोग्दै आएका समस्या समाधान गर्न सरकारले सहयोग गर्नुपर्छ ।’

ल एन्ड अर्डर कमजोर भएकाले उद्योग क्षेत्रमा गाउँलेले एउटा–एउटा निहुँ खोजेर गाडी गुड्न नदिने समस्या भोग्नु परेको उनले सुनाए । त्यस्तै दस हजारमा ट्रान्सपोर्ट हुने चीजलाई ६० हजार तिर्नुपर्ने वाध्यता रहेको उनले सुनाए । सरकारले उद्योगलाई सहयोग गर्ने बलियो नीति लिनुपर्ने उनको सुझाव छ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणि सदस्य समेत रहेका ढकालले सरकारले नीति निर्माण गर्दा व्यवसायीकहरुको राय सुझाव समेत लिन आवश्यक भएको बताउँछन् ।

‘हामीले भारत र चीनसँग प्रतिस्पर्धा गर्नुपर्छ । उनीहरू ठूलो परिणाममा उत्पादन गर्छन । सरकारले जमित उपलब्ध गराउँछ । मजदुरको समस्या आउँदा राज्यले उद्योगलाई सहयोग गर्छ । यातायात सेवा द्रुर्त र सस्तो छ’ उनले भने–‘यस्ता विषयमा राज्यले ध्यान दिने हो भने नेपाली उद्योगहरुले विदेशी उत्पादनसँग नेपालमा मात्र होइन, अरु देशमा पनि प्रतिस्पर्धा गर्न सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.