सूर्यालाइफ इन्स्योरेन्स डडेलधुरा शाखाले गर्याे अभिकर्ताको सम्मान

  २०७६ भदौ २८ गते १८:२६     विकासन्युज

काठमाडौं । सूर्यालाइफ इन्स्योरेन्स डडेलधुरा शाखाले अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा आफनो निजि कोड र टिम व्यावसायका अधारमा प्रथम तीन तीन जना सम्मानित भएका हुन् । सम्मान हुनेमा निजि कोडको तर्फ प्रथम हरि सिंह पाली दोस्रोमा भुवन सिंह भाट र तेस्रोमा गोमती पन्त रहेको छन् भने टिम व्यावसायमा प्रथम टेकराज पनेरु दोस्रोमा हरि सिँह पाली र तेस्रोमा केशव राज भट्ट रहेको थिए । कार्यक्रमका बिचमा दुइ जना ऐजेन्सी मेनेजरहरु केशवराज भट्ट र भुवन सिंह भाटले आफनो टिममा राम्रो सहयोग गर्ने टप तीनजना लाई सम्मान पनि गरेका थिए ।

उक्त कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक ज्यूले सुर्या लाईफ अब को नेपालको नम्बर १ जीबन बीमा कम्पनी बन्ने दावी गर्नुभएको थियो । हामी हरेक इन्डीकेटरमा राम्रो हुँदै गैरहेकोले अब पहिलेको सूर्या लाइफ भन्दा फरक सूर्यालाइफ तपाइ हामी मिलेर बनाउनुपर्ने छ भन्नु भयो । आफनो मन्तव्यमा वहाँले सबै लाइ गरे पनि सूर्या र मरे पनि सूर्या भनेर सबै लाई सपत पनि खुवाउनु भएको थियो । त्यस्तै बिशिष्ट अतिथि तथा एरिया मेनेजर हिरालाल चौधरीले दिनको ५ रुपैयामा अब बीमा गर्न सकिन्छ र बीमा गर्ने बिमीत गाह्रो साह्रो परेमा सहयोग गर्ने बताए ।

कार्यक्रम नेपालको राष्ट्रियगानबाट र पानसमा बत्ती बलेर सुरु गरिएको थियो भने कार्यक्रमको सभाध्यक्ष डडेलधुराको शाखा प्रमुख रामदत्त भट्ट रहेको थिए भने प्रमुख अतिथि कम्पनीको सहायक महाप्रबन्धक किरण गौतम रहेका थिए भने विशिष्ट अतिथिमा कम्पनीका एरिया प्रबन्धक हिरालाल चौधरी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.