वञ्चित समूहका लागि प्राथमिक उपचार अझै आवश्यक

  २०७६ भदौ २८ गते १४:०१     विकासन्युज

काठमाडौं । समुदायका वञ्चित समूहका लागि पनि प्राथमिक उपचारको ज्ञान र सीप दिनुपर्ने कुरालाई जोड दिँदै “वञ्चित समूहका लागि प्राथमिक उपचार” भन्ने मूल नारासहित नेपालमा पनि विश्व प्राथमिक उपचार दिवसको मनाइदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिबृद्धि गर्ने र प्राथमिक उपचार स्वयंसेवकहरुलाई सम्मान बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबारका दिनमा पर्ने विश्व प्राथमिक उपचार दिवसका सन्दर्भमा विभिन्न जिल्लामा नेपाल रेडक्रस सोसाइटीले कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

विश्व प्राथमिक उपचार दिवसको राष्ट्रिय कार्यक्रम यस पटक भाद्र २५ देखि २८ गतेसम्म अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आयोजना भइरहेको र नेपाल रेडक्रसले प्राथमिक उपचार कृत्रिम घटना अभ्यास प्रवर्धन, आकस्मिक प्राथमिक उपचार सीप प्रवद्र्धन र प्रतियोगितात्मक गतिविधिहरु आयोजनाको गरिरहेको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।

यसै सन्दर्भमा अर्घाखाँचीमा भएको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेरेसोका अध्यक्ष संजीव थापाले वञ्चितिकरणमा रहेका मानिसहरु र संकटमा रहेका मानिसहरुलाई प्राथमिक उपचारको चेतना र ज्ञान दिन समुदायमै रहेका स्वयंसेवकहरुलाई परिचालन गरिदै आइएको भन्दै स्थानीय स्वयंसेवकबाट मात्रै त्यस्तो समुदायमा पुग्न सम्भव भएको कुरामा जोड दिए। मूल समारोहको विषयमा बोल्दै अर्घाखाँचीबाट नेरेसाकोे ५ नं. प्रदेश प्रमुख शम्भुप्रसाद पोखरेलले भने “वञ्चित समूहका लागि प्राथमिक उपचार” भन्ने नारालाई सफल बनाउन वञ्चित समूहहरूलार्ई केन्द्रित गर्दै प्राथमिक उपचारको सीप अभिवृद्धि गर्न सबैबाट सहयोगको आवश्यक छ ।

नेपाल रेडक्रसको प्राथमिक उपचार पाठ्यक्रमलाई नेपाल सरकारबाट मान्यता प्राप्त भएकोले सो अनुसार हालसम्म मुलुकभर एक हजार दुइसय दक्ष प्रशिक्षक र ३३ हजार दुई सय जना प्राथमिक उपचार स्वयंसेवकहरू विकास गरिएको छ । यस वर्ष २०७६ मा मात्र एक हजार दुइसय पैसठीले देशभरमा प्राथमिक उपचार सेवा प्राप्त गरेका छन् । नेपाल रेडक्रसका ७७ वटै जिल्ला शाखासँग आधारभूत प्राथमिक उपचार प्रशिक्षण र सेवा सञ्चालन गर्ने क्षमता विकास गरिएको छ ।

प्राथमिक उपचारले मानिसको जीवन जोगाउने भएकोले सवै उमेर समूह र पछाडि परेका सवै समुदायलाई प्राथमिक उपचार सीप लिन प्रेरित गर्न आजको दिनले सन्देश दिएको बताउँदै अपांगता भएका, महिला तथा छात्राहरु, जेष्ठ नागरिक, कैदी बन्दीहरु, अनाथ, सडक बालबालिका, श्रमिक, आप्रबासीहरु, यौनिक अल्पसंख्यक जस्ता समूहमा योजनाबद्ध हिसावले पुग्नुपर्ने टड्कारो आवश्यकता रहेको निर्देशक पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.