बारा पनि खुल्ला दिसामुक्त जिल्लामा, शाैचालय बनाउन मात्र १ अर्ब ३७ करोड खर्च

  २०७६ भदौ २८ गते १३:३२     विकासन्युज

काठमाडौं । प्रदेश नम्बर २ अन्तर्गतको बारा जिल्ला खुल्ला दिसामुक्त घोषणा भएको छ । १ लाख ५ हजार घरधुरीमा शौचालय निर्माण गर्न १ अर्ब ३७ करोड बराबर रकम खर्च भएका जानकारी दिएका छन्। प्रदेश नम्बर २ का भौतिक यातायात मन्त्री जितेन्द्र सोनमको प्रमुख आतिथ्यतामा खुल्ला दिसामुक्त घोषणा गरिएको हो । कार्यक्रममा मन्त्री सोनमले प्रदेश नम्बर २ कै उच्च सफलता बारा जिल्लालाई लिन सकिने बताए ।

उनले भने, ‘गरेपछि हुन्छ भन्ने एउटा उदाहरण हो बारा । यो प्रदेश नम्बर २ मै उच्च सफलता हो ।’ त्यस्तै कार्यक्रममा संघीय सरकारका प्रतिनिधि खानेपानी तथा ढल व्यवस्थापन विभाग वातावरणीय सरसफाइ शाखा प्रमुख देवेन्द्र झाले बारा जिल्ला घोाषणा भएकोमा खुशी व्यक्त गरे ।

नेपाल खुल्ला दिसा मुक्त हुन अब १७ दिन बाँकी हुँदैमा बारा जिल्लाले घोषणा गरेको छ । सरकारले नेपाललाई प्राथमिक सरसफाइमा दक्षिण एशियामै अग्रस्थान बनाउने प्रयत्न स्वरुप आगामी असोज १३ गते खुल्ला दिसामुक्त घोषणा गर्न लागेको हो ।

यस अभियान अन्तर्गत आज शुक्रबार बारा जिल्ला खुला दिसामुक्त घोषणा भएको छ । यसपछि भोलि शनिबार २८ गते पर्सा, ३० गते सर्लाही र बाँकी सबै जिल्ला ३१ गते खुला दिसामुक्त घोषणा राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.